खसिको मासुले लियो ज्यान !

दैलेख, ६ पुस । दैलेखमा खसीको मासु घाँटीमा अड्किएर एक जनाको मृत्यु भएको छ । खसिको मासु खांदा घांटिमा अड्कियर  नारायण  नगरपालिका ६ भर्ती भन्ने ठाउँका ३८ वर्षीय वीरबहादुर सार्की रहेका छन् ।

दैलेख प्रहरीलाई उदृत गर्दै प्रदेश प्रहरी कार्यालयका अनुसार बुधबार बिहान घरमा खसीको मासु खाने क्रममा सार्कीको घाँटीमा मासु अड्किएको थियो ।   उपचारको लागि जिल्ला अस्पताल दैलेख ल्याइएको थियो ।  तर दिउँसो उनको मृत्यु भएको हो ।