प्रतिस्ठान जुम्लामा परीक्षा संचालन, नतिजा ७ बजे !

जुम्ला,१६ पुस । काणाली स्वास्थ्य बिज्ञान प्रतिस्ठान जुम्लामा विभिन्न रिक्त पदको लागि परीक्षा सम्पन्न भएको छ।प्रतिस्ठान को केन्द्रीय कार्यालय जुम्लामा विभिन्न पद को लागि एक महिना अगाडि आव्हान गरिएको बिग्यापन को लागि आज परीक्षा संचालन गरिएको हो । जुम्ला बहुमुखी क्यम्पस मा संचालित परीक्षा एक घण्टा संचालन भएको थियो ।
स्टाफ नर्स २ कोटाको लागि करिब 1 सय ४३ रेडियोग्राफर २ कोटा को लागि करिब २८ फार्मसिस्ट २ कोटा को लागि करिब १४ र टेक्निकल १ कोटा को लागि करिब ३ जनाले आबेद्न बुझाएको अस्पताल प्रसासन ले जनाएको छ ।
आजै सांझ ७ बजे परीक्षा फल प्रकासित हुने पनि जनाइएको छ । आज सफल हुने उम्मेद्वारको लागि १८ गते अन्तर्वार्ता तोकिएको छ ।