हुम्ला– भारतले नेपाली भूमि लिपुलेख हुदै पिथौरागढदेखि तिब्बतको मानसरोवर जोडने सडक निर्माण गरेको विषयमा हुम्लामा राके जुलुस कस्ले गरेको नेपाली काँग्रेसका भातृ संगठन आफै क्यफुज भएका छन् ।
बुधबार साँझ गरिएको हुम्लामा राके जुलुस नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले आफु गरेको दाबी छ । भने नेपाली काँग्रेसकै हुम्ला काठमाडौ सम्पर्क समितिले नेपाल विद्यार्थी संगठनले आफनो नेतृत्वमा भएको दाबी गरेपछि भातृ संगठन आफैमा क्यफुज भएको छ ।
हुम्ला काठमाडौ सम्पर्क समितिका अध्यक्ष नरबहादुर भण्डारीले आफनो नेतृत्वमा राके जुलुस गरेको बताउछन् । भने नेपाल विद्यार्थी संगठनका अध्यक्ष जिल्ला नभएपछि नेपाल तरुन दल हुम्लाले जुलुस गरेको बसन्त रोकाया दाबी गर्छन् ।
भारतले भूमि अतिक्रम्रण गरेको विरोधमा हुम्लाको सदरमुकाम सिमकोटको लोकतन्त्रचोकमा भारतले नेपाली भूमि हुदै सडक बनाएको विरोध गरिएको छ ।
भारत विरुद्ध प्रर्दशन गदै राके जुलुस गरेको हुम्ला काठमाडौ सम्पर्क समितिका अध्यक्ष तथा पोखरा विश्व विद्यालयका केन्द्रिय सदस्य नर बहादुर भण्डारीले जानकारी दिए । मासल जुलुस गरी कार्यक्रम सम्पन्न गरेको र प्रधानमन्त्रीको पुत्ला जलाउने काम नभएको भण्डारीले बताए ।
"
कर्णाली रैवार संवाददाता । ३१ बैशाख २०७७, बुधबार २३:३१