हुम्ला– कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत हुम्लाका कैदीबन्दीलाई अध्ययनको लागि पुस्तक सहयोग भएको छ । मानसरोवर क्याम्पस सिमकोटका क्याम्पस प्रमुख बसन्त रोकायाले कैदी बन्दीलाई २७ पिस किताब सहयोग गरेका हुन ।
आफुसँग भएका साहित्य,कथा, कविता, उपन्यास नाटक, दर्शन र जिवनीका किताबहरु जिल्ला प्रहरी कार्यालय हुम्लालाई हस्ताणतरण गरेका छन । कर्णाली प्रदेशले १० वटै जिल्लाका कारगारमा रहेका कैदीलाई मध्यनजर गदै पुस्तकालय स्थापना गर्ने अभियान सुरु गरेको थियो ।
जिल्ला कारागारमा पुस्तकालय स्थापनाका लागि अभियान सुरु भएको ३÷४ दिनमै ज्ञानबधक किताब हस्तान्तरण भएको जिल्ला प्रहरी हुम्लाका प्रहरी प्रमुख नायब उपरिक्षक रविन श्रेष्ठले जानकारी दिएका छन । कैदीबन्दीहरुलाई आफनो आचारण सुधारमा सहयोग मिल्नेछ कारागारमा आउने कैदी बन्दी खुसी हुनेछ आफुसँग भएका किताबहरु पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
कैदीबन्दीका लागि पुस्तकालयका लागि कोठ नहुदा हाल जिल्ला प्रहरी कार्यालयमा रहन्छ । अरु किताबहरु सहयोग गर्ने समेत आग्रह गरेका छन । रोकायाले आफु नै लेखेका १४ वटा किताब र अन्य १३ वटा अरुले लेखेका किताबहरु हस्तान्तरण रहेका छन । आफुले गरेको किताबले कैदी बन्दीहरुलाई बाहिर निस्केपछि उनीहरुलाई आचरणमा सुधार ल्याउने हिसाबले यो किताबहरु प्रदान गरेको क्याम्पस प्रमुख रोकायाको भनाई छ ।
कर्णाली रैवार संवाददाता । ३ माघ २०७५, बिहीबार २२:४३