नागरिक समाजको चेतावनी नियमित हवाई सेवा नगरे आन्दोलनमा उर्तिने

हुम्ला– सडक सञ्जालसँग नजोडिएको नेपालको एक मात्र हिमाली जिल्ला हुम्लामा दशै तिहार पछि हवाई सेवा नियमित नभएको भन्दै नागरिक समाज आन्दोलनमा उर्तिने बताएका छन् । नियमित हवाई सेवा उडान नगरे आन्दोलनमा उर्तिन भन्दै जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र पेश गरेका छन् । निजी तथा नेपाल एयरलाईन्स कम्पनीहरुले नियमित उडान नभर्दा जिल्लाबाट बाहिर जाने यात्रुहरुले सास्ती भोग्न बाध्य छन् ।

नेपालगञ्ज र सुर्खेत झर्न ३ सय जना भन्दा बढी यात्रुुहरु पाँच दिनदेखि टिकट नपाएर सिमकोट विमानस्थलमै सास्ती भोग्न बाध्य छन । बारम्बार निजी एयरलाइन्सहरुले भारतीय तिर्थ यात्री मानसरोवर समयमा जहाज केन्द्रित भएपनि हाल निजी कम्पनीका जहाजहरु पुर्व केन्द्रित भएको भन्दै नागरिक समाज हुम्ला पहिलो चरणको कार्यक्रम जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण गराएको नागरिक समाज हुम्ला अध्यक्ष गणेश महतले बताए । मानसरोवर सिजनमा दैनिक ३० भन्दा बढी उडान गर्ने नीजि एयरलाइन्सहले हाल तारा बाहेक अन्य जहालहरुले अक्कल झुक्कल मात्रै उडान भर्दा समस्या भएको महतले बताए । नागरिक समाज अहिले शान्तिपुर्ण रुपमा लागेको र अटेर गरेमा कडा आन्दोलनमा उर्तिने महतको भनाई छ । पटक पटक निजी कम्पनी र हुम्लीबासी बिच सम्झौता भएपनि हाल सम्झौता बेगर गएको नागरिक समाज हुम्लाका सदस्य छिटुप लामाले बताए । तारा एयरले दैनिक एक उडान भर्ने गरेको भएपनि सीता तथा समित एयरले दुई तिन दिनमा उडा भर्ने गरेका छन् ।
एयरलाइन्सहरुले टेरेनन्
नेपालगञ्ज र सुर्खेतदेखि नियमित हवाई उडान भर्ने निजी कम्पनीहरुले गत वैशाख १५गते गरेको सम्झौता तोडेका छन् । जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावत,प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल,सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा नीजि एयरलाइन्सका सीता एयरका मनोज भारती, तारा एयरका दिलिप कार्की,र समिट एयरलाइन्सका प्रतिनीधि गोविन्द लामा बिच भएको सम्झौता एयरलाइन्सहरुले अटेर गरेका छन् ।
सम्झौता यस्तो छ ।
१) कर्णाली हुम्ला जिल्लामा उडान भदै आएका तारा र समिट एयरले सिजन तथा बेसिजनमा साताको दुई उडान नेपालगञ्ज सिमकोट सहुलियत उडान गर्न र सो दर ६ हजार लिने र सीता एयरले नेपालगञ्ज सिमकोट हप्ताको एक फलाईट र सुर्खेतबाट दुई फलाइट गर्न भाडादर ५हजार ५ सय कायम गर्ने निणर्य भएको छ । सीता तारा,समिट एयरले नेपालगञ्ज विमानस्थलमा एक÷एक जहाज बाहै महिना नाइट स्टे गराउने भनिएको छ ।
२ सिमकोट चार्टर फलाइट गर्ने एयरलान्सले नेपालगञ्जबाट उडान गर्दा दश हजार पाँच र सुर्खेत सिमकोट उडान भर्दा दश हजार भाडा लिन पाउने र यसरी चार्टर उडान गर्ने एयरलाइन्सले फिर्ता सहुलियत सरह भाडा लिनु पनेछ ।
३ काग्रो बोक्ने एयरलान्सले सुर्खेतबाट ल्याउदा प्रतिकेजी १ सय ५ र नेपालगञ्जबाट ल्याउदा १ सय १५ लिन पाउने काग्रो बोक्दा खाद्यन्न दैनिक उपभोग्य बस्तु व्यवसायीहरुको समान मिलाएर ल्याउनु पर्ने प्रत्येक एयरलान्सहरुले प्रत्येक दिन काग्रो फलाइट अनिवार्य गर्नुपर्ने काग्रो गर्दा अतिअश्वयक वस्तु तथा सेवालाई पहिलो प्रथामिता दिने ।
४. सिमकोट उडान भर्ने सीता तारा र समिट एयरले सहुलियत उडान भर्दा हुम्ली सेवा समाजको सिफारिमा टिकट वितरण गर्न र ४ वटा टिकट एयरलान्सले वितरण गर्ने
५ नेपाल एयरलाइन्सलाई दैनिक एक÷एक फलाइट भर्ने अनुरोध गर्ने र नेपालगञ्ज एयरपोर्टमा नेपाल एयरलान्सको विमान अनिवाय राख्न नेपाल एयरलान्सको केन्द्रिय कार्यालय अनुरोध गर्न ।

विद्यार्थीलाई समस्या
जिल्ला भन्दा अध्ययन गर्ने जाने विद्यार्थी समस्या भएको छ । काठमाडौ,नेपालगञ्ज,सुर्खेत पोखरा अध्ययनको शिलशिलामा झर्ने विद्यार्थी विमानस्थलको बाहिर गेटमा कुर्ने फर्किने गरेका छन् । बिहान ६ बजे विमानस्थल नजिकै रहेका नीजि एयरलाइन्सका कार्यालयमा गएर जम्मा हुने र टिकट नपाएपछि फर्किन उनीहरुको दैनिक बनेको छ । पहुँचवालाहरुले फोनको भरमा टिकट पाउने र सर्वसाधारणहरुले विमानस्थलको गेटमै कुरेरै फर्किन बाध्य छन । नेपाल एयरलाइन्सले टिकट कति खेर बाँडछ भन्ने विषयमा आफुहरुले थाहा नहुने यात्रुहरुको गुनासो छ ।
प्रशासन नै निरिर्य
नागरिक समाज हुम्लाले निजी एयरलाइन्स र नेपाल एयरलान्सलाई नियमित उडान गराउन जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय पनि निरिर्य बनेको छ । ध्यानाकर्षण पत्र बुझदै प्रमुख जिल्ला अधिकारी बिनिता भट्टराईले एयरलाइन्सहरुले कसैको भनेको कुरा समेत नमान्ने गरेको बताइन् । मन्त्रीहरुको समेत फोन आउछ एयरलान्सका कर्मचारीहरुले कुरा मान्दैनन् उनले भनिन् । यस विषयमा सम्बन्धित निकायहरुसँग समन्वय समेत गर्ने प्रजिअ भट्टराईको बताईन् ।