सुर्खेतको वीरेन्द्रनगर बजारमा रहेका छाडा पशु चौपायालाई हुम्ला पठाइएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रमा रहेका छाडा पशु चौपायालाई हुम्लाको खार्पुनाथ गाउँपालिकाको रहेको कृषि फार्ममा पठाइएको हो ।
वीरेन्द्रनगर बजार क्षेत्रमा रहेका करिब एक सयभन्दा बढी पशु चाैपायालाई पठाएकाे वीरेन्द्रनगर नगरपालिकाका वावतावरण तथा अनुगमन उपशाखाका प्रमुख यामलाल गिरीले बताए ।
‘हुम्लाको खार्पुनाथ गाउँपालिकामा रहेको एउटा फर्मले पशुपालन उपलब्ध गराइदिन माग गरेको हो,’ उनले भने, ‘वीरेन्द्रनगरका सडकमा झन्डै पाँच सय पशु चौपाय रहेका छन् ।’
छाडा पशु चौपायाको उचित व्यवस्थापन गर्न उच्च अदालत सुर्खेत रिट परेको थियो ।
अदालतले बुधबार वीरेन्द्रनगर नगरपालिकालाई छाडा अवस्थामा रहेका पशु चौपाया तत्काल व्यवस्थापन गर्न आदेश दिएको थियो
नरजन तामाङ । २४ पुष २०७७, शुक्रबार २०:४९