हुम्‍लामा ‘सेभेन ए साइट फुटबल’ प्रतियोगिता

हुम्ला तिहार सकिए लगत्तै हुम्लामा सेभेन ए साईट फुटबल प्रतियोगिता सुरु भएको छ। पहिलो पटक सञ्चालन भएको यो प्रतियोगितामा हुम्ला जिल्लाका १९ वटा टिमहरुको सहभागिता रहेको छ।

सिम ब्वाईज क्लबको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पहिलो खेलमा आयोजक सिम ब्वाईजले द बीलाई एक सुन्ने गोल अन्तरले पराजित गरेको थियो।

त्यसैगरी प्रतियोगितामा सात जना खेलाडीहरुको सहभागिता रहेको आजै भएको दोसो खेलमा सनलाईट क्लवले जिल्ला अस्पताल टिमलाई पनि एक गोल गरेर बिजयी भएको आयोजक सिम ब्वाईज क्लबका अध्यक्ष धिरज रोकायाले बताए।  लिक कम नकाउट रुपमा सञ्‍चालन हुने प्रतियोगिता पाँच दिनसम्म चल्ने छ।

निक्कै रोचक र प्रतिश्प्रधात्मक रुपमा सञ्चालन भै रहेको प्रतियोगितमा बिजेता टिमलाई नगद रु पचास हजार ट्रफी र मेडल प्रदान गरिने छ भने द्धितीया स्थान स्थान प्राप्त गर्ने टिमलाई तीस हजार नगद र मेडल प्रदान गरिने छ। प्रतियोगिताबाट उत्कृष्ट लेखाडी पनि छनौट हुनेछ।