ओ पोजेटिभ रगत नपाएर जिल्ला अस्पताल हुम्लामा छटपटाइरहेकी सिमकोट गाउँपालिका ३ की लामालाई नयाँ भैरवी दल गुल्मका जवान सागर गुरुङले अस्पतालमै गएर रगत दिएका हुन् ।
विरामीका आफन्त सुर्य लामाले रगत सहयोगले धेरै राहत भएको बताए । करिब एक हप्तादेखि विरामी लामालाई चाहिने ओ पोजेटिभ रगत पाउन कठिन भएको थियो ।
रगत दिएपछि विरामीको ज्यान बचेको जिल्ला अस्पताल हुम्लाकी अनमी सरिता बोहराले बताइन् । ब्लड बैंक नहुँदा चाहिएका बेला सेना, सशस्त्र र प्रहरीले दिने गरेका छन्् ।
मिगुर लामा । १७ आश्विन २०७६, शुक्रबार २१:३९