सर्केगाडमा असार १ र २ गते निशुल्क स्वास्थ्य शिबिर संचालन हुने

हुम्ला,२३ जेठ । हुम्लाको सर्केगाड गाउँ पालिकामा निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ

सर्केगाड गाउँपालिका र तिलगंगा आँखा अस्पताल काठमाडौको आयोजनामा आँखा सम्बन्द्गी रोगको उपचार साथै मोतियाविन्दुको निशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको हो ।

असार १ र २ गते सांया स्वास्थ्य चौकी सर्केगाडमा उक्त शिविर संचालन हुने सर्केगाड पालिकाका स्वास्थ्य शाखा प्रमुख किरण बुढाथोकिले बताए ।