हिल्सा नाकाबाट चिनियाँ मदिरा बरामद

हुम्ला  चीन र नेपालको सीमाना हिल्सा नाकाबाट ३१ कार्टुन चिनियाँ मदिरा ‘झिनिगिन्टी’ बरामद भएकाे छ । चीनको सेरा गाउँबाट आइतबार सिमा प्रहरीचौकी हिल्साका असई दलबहादुर श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले मदिरा बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी रामप्रसाद घर्तीमगरका अनुसार सेरा गाउँबाट लिमीको बाटो हुँदै ल्याइएको मदिरा  प्रहरीले बरामद गरेको हो । व्यपारीले प्रहरी देखेपछि मदिरा छाडेर भागेको उनले बताए ।

भान्सार कार्यालय हिल्सा, नाम्खा गाउँपालिका र प्रहरीको रोहबरमा बरामद गरिएको चिनियाँ मदिरा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।