चुनावको मुखैमा काँग्रेसलाई झट्का, वडा कमिटिका कोषाध्यक्षसहित १७ घरधुरी नेकपा प्रवेश

हुम्ला । उपनिर्वाचनको समय नजिकदै गर्दा हुम्लाको खार्पुनाथ गाउँपालिका १ नम्बर वडाबाट १७ घरधुरी नेपाली काँग्रेस परित्याग गरेका छन ।नेपाली काँग्रेसका वडा कमिटिका कोषाध्यक्ष हिरा बुढा सहित १७ घरधुरी काँग्रेस परित्याग गरी नेकपा प्रवेश गरेका हुन । चुनाव हुन केही दिन बाँकी हुदा आफनो चुनावी प्रचार अभियानलाई झन तिब्रता बनेको दाबी रहेको छ ।

आइतबार गोप्का गाउँमा नेकपाले गरेको आमसभामा नेपाली काँग्रेसबाट १७ घरधुरी काँग्रेस परित्याग गरी नेकपा प्रवेश गराइएको नेकपा हुम्लाका जिल्ला इन्चार्ज विजय भण्डारीले बताए । काँग्रेसको कार्यशैली प्रति असन्तुष्टि जनाउदै लामा समय देखि काँग्रेसको राजनैतिक गदै आएका कोषाध्यक्ष हिरानन्द बुढा सहित कार्यकर्ता प्रवेश गराएको इन्र्चाज भणडरीले बताए ।

खार्पुनाथ गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाल कम्युनिष्ट पार्टी नेकपा बाट रुपा शाही, नेपाली कांग्रेसबाट तारा शाहीको प्रतिस्पर्धा जस्तै देखिएको छ ।

सिगो शक्ति खार्पुनाथ केन्द्रित उपनिर्वाचनमा जिल्लाका सिगो शक्ति खार्पुनाथ गाउँपालिकामा केन्द्रित भएको छ । नेता कर्मचारी शिक्षक मन्त्री साँसद लगायत सम्पुर्ण खार्पुनाथका ५ वटै वडामा केन्द्रित छन । नेपाली काँग्रेस आफनो उम्मेद्धार ताराकुमारी शाही सहित कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जिबनबहादुर शाही, सासँद रंगमती शाही,पूर्व साँसद रिता शाही,खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण रावल, काँग्रेस जिल्ला सभापति जयपति रोकाया लगायत प्रचारमा केन्द्रित छन । यस्तै नेकपा हुम्लाबाट नेकपा जिल्ला इन्र्चाज विजय भणडारी, जिल्ला अध्यक्ष लालकेश जैसी,कर्णाली प्रदेशका इन्र्चाज गोरखबहादुर बोगटी, लगायत चुुनावी आम सभामा सहभागि छन ।