काठमाडौ ग्लोबल मिडिया प्रालीले संचालक समितीमा अखिल शाहीलाई नियुक्ति गरेको छ । ग्लोबल मिडिया प्रालिद्वारा संचालित ग्लोबल खबर डट कम ले विगत एक बर्षदेखि संचार क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।
नेपालको संचार क्षेत्रमा खोज, अनुसन्धान र सत्य तथ्य समाचार लेखन र प्रसारणमा कमि हुँदै गएको र आम नागरिकमा समेत पत्राकरिता प्रतिको विश्वास हराउँदै गइरहेको अबस्थामा उक्त खाडल पुर्न ग्लोबल खबरले महत्त्वपूर्ण योगदान पुर्याइरहेको छ । ग्लोबल खबर आवाज बिहिन हरुको आवाज बिहिन हरुको आवाज बनिरहेको प्रबन्धक जुना मगर बताउनुहुन्छ ।
ग्लोबल खबर डट कम मार्फत जनताको सुचनाको साथी बन्न पाउँदा हामी अत्यन्त हर्षित छौँ । हामीसँग ठूला संकल्प छैनन् । न ठूला प्रतिबद्धता र योजना छन् । सकेसम्म हामी हरेक आवाज बिहिन हरुको आवाज बन्नेछौ । पत्रकारिताको मूल्य मान्यतामा रहेर ईमान्दारपूर्वक काम गर्नेछौँ सम्पादक राजेश दुलालले भन्नुभयो ।
मिडियाका सह सम्पादक समीर गिरि ले पत्रकारिताले विश्वास गुमाइरहेको, अनलाइन पत्रकारिताप्रति नागरिकका गुनासा बढेकोप्रति आफुहरु सचेत रहेको बताउँदै विश्वव्यापी रूपमा मल्टिमिडियाको उच्च अभ्यास भईरहँदा सामान्य रुपमा शुभारम्भ भएको ग्लोबल खबरका लागि अनेकौं चुनौती रहेकाले ग्लोबल मिडिया प्रालि सम्पुर्ण शोषित पीडित र अन्यायमा परेकाहरूको आवाज बनेर समतामूलक समाज निर्माणका लागि जनता सँगसँगै अघि बढ्ने बताउनुभयो ।
देश स्थायी शान्ति, दिगो विकास र आर्थिक समृद्धिको यात्रामा छ । यो यात्रा तीव्र हुनुपर्दछ । र, यो यात्रामा हरेक कुरामा जनता सचेत हुनुपर्दछ । खबरदारी जारी गर्नुपर्छ र खबरदारी अभियानमा ग्लोबल खबर सधै सँगसँगै रहने सह(प्रबन्धक अखिल शाहीले बताउनुभयो ।
ग्लोबल खबर सम्पुर्ण नेपालिहरुको भएकाले सबैको साथ सहयोग आलोचना माया र गाली सँगसँगै अघि बढ्ने र हरेक नेपालीको आवाज बोक्ने सत्य, निष्पक्ष, स्वतन्त्र र भरपर्दो व्यावसायिक पत्रकारिताको एक स्तम्भ हुने प्रबन्धक मगरले बताउनुभयो ।
कर्णाली रैवार संवाददाता । १७ श्रावण २०७६, शुक्रबार १८:२६