२० दिन अघि हराएकी महिला मृत फेला

हुम्ला– २० दिनदेखि हराएकी एक महिला मृत अवस्थामा फेला परेकी छन । सिमकोट गाउँपालिका ४ स्थित बुराँउसेकी ४५ वर्षीय सोनाम इटोल लामा मृत अवस्थामा भेटिएकी हुन । घर भन्दा १ घण्टा टाढाको दुरी रहेको छेवाताङ भन्ने ठाउँमा मृत अवस्थामा भेटिएको उनका आफान्त मिग्युर लामाले जानकारी दिएका छन । घरबाट अचनाक हराएपछि उनका आफान्तले विभिन्न स्थाननमा खोज्दै गरेको लामाले बताए । यता जिल्ला प्रहरी कार्यालय हुम्लालाई यसको बारे जानकार समेत नभएको प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।