![](http://karnaliraibar.com/wp-content/uploads/2019/02/chepang-khana.jpg)
धादिङ । न त जिउ ढाक्ने गतिलो लुगा छ न त घरमा खाने अन्न नै छ । यही बाध्यताका बिच दैनिक गुजारा चलाउदै आई रहेका छन् महादेवस्थान स्थित चिम्वाङ्गका चेपाङ्ग परिवार ।
६ शन्तानकी आमा शान्ति माया चेपाङ्ग खाने कुरानै नभए पछी अब आफ्ना लालाबाला कसरी हुर्काउने भन्ने चिन्तामा छिन् ।
घरमा खाने अन्न समेत नभए पछी चार पाँच दिनदेखी चुलो नवलेको उनी बताउछीन् ।
खेती गर्नका लागी राम्रो जमीन समेत नभएको बताउने उनी आजकाल पनी जंगली कन्दमुलको भरमा नै बस्नु परेको बताउछिन् ।
पाखो र भिरालो जमीनमा गरेको खेतीले मुस्किलले तिन महिना पनी खाना नपुग्ने रश्रीमानले बुनेको डोको विक्रि गरेको एक दुई सयले घर खर्च धान्न नसके पछी शान्तिमाय अहिले विहान बेलुकीएक छाक खाएर बस्नु परेको बताउछीन् ।
घरमा खानका लागी केही नभएको र जंगलबाट खोजेर ल्याएको गिठा , भ्याकु र तरुल समेत सकिएको भन्दै जंगलमा पनी अब कन्दमुल पाउन छाडेको गुनासो गर्छिन ।
उनि त प्रतिनिधि पात्र मात्र हुन् चेपाङ्ग समुदायमा यस्ता घर परिवार निकै भेटिन्छन् ।
सरकराले गरिवी हटाउनका लागी गरिएको विभिन्न कार्यक्रमहरुले यहाँ कुनै प्रभाव पार्न सकेको छैन ।
उनिहरुको दिगो जिविको पार्जनका लागी सरकारले एक छाक खान होईन आय आर्जनमा सहयोग गर्नु पर्नो देखिन्छ । धादिङमा रहेका अधिकामस चेपाङ्ग परिवारहरुको अबस्था अझै दयनीय छ ।
कर्णाली रैवार संवाददाता । २५ माघ २०७५, शुक्रबार १९:३८