सर्केगाढ गांउपालिका:१० बजे लगाएको ताला खोलियो

हुम्ला,४ माघ । सर्केगाड गाउँपालिकाको कार्यालयमा लगाएको ताला खोलिएको छ ।

बिहान १० बजे लगाएको ताला  ६ घण्टापछि खोलिएको हो । गाउँपालिकाको स्वास कार्यक्रमका लागि आवश्क पर्ने कर्मचारीहरुको सुचना प्रकासन गरि सटलिष्टमा नाम आउट भएसंगै त्यसको विरोधमा स्थानीयले बुधबार विहान १० वजेदेखि सर्केगाड गाउँपालिका कार्यालयमा ताला लगाएका थिए ।

प्रदेश अन्तर्गतको उक्त कार्यक्रमका लागि ४ जना कर्मचारीको आवश्यकता भएसंगै यस अघि नै सुचना प्रकाशन भएको थियो । सुचना प्रकाशनको आधारमा भोलि विहिवार परिक्षा समेत तोके पनि आफुहरुको नाम लिष्टमा नपरेको विरोधमा स्थानीयले विरोध जनाएका थिए । तर सुचनामा अधिकांस व्यक्तिहरुको नाम लिष्टमा नपरेपछि गाउँपालिका कार्यालय तालाबन्दी गरिएको खवर प्राप्त भएको थियो ।

जसको विरोधमा दिनभरि ताला लगाए पनि अहिले वेलुका अवेर गर्दै गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामराज शाही र स्थानीय ताला बन्दी गर्ने व्यक्तिहरुविच छलफल भएपछि सो ताला खोलिएको गाउँपालिकाका सुर्खेतमा रहेका उपाध्यक्ष चन्द्र सिंह कार्कीले बताए।

कार्किका अनुसार गाउँपालिकाले भोलिका लागि तोकेको परिक्षा भने स्थगित गर्दै सहमति भएपछि ताला खोलिएको उपाध्यक्ष कार्कीको भनाई रहेको छ । आज दिनभरि गाउँपालिका कार्यालय बन्द भएपछि सेवा लिन आउने सेवाग्राही भने रित्तै फर्कनु पर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाको स्वास कार्यक्रममा सिचाई, ढल निकासा र खानेपानीका कार्यक्रम सन्चालन हुने भएको खवरमा उल्लेख गरिएको छ ।