हुम्लामा खुला फुटबल प्रतियोगिता

हुम्ला १६ कार्तिक । हुम्लामा खुला फुटबल प्रतियोगिताको आयोजना गरिएको छ । गत शनिबारबाट सुरु भएको फुलटबल प्रतियोगिता शिवमन्दिर युवा क्लबले आयोजना गरेको हो ।
जिल्ला खेलकुुद मैदान हुम्लामा सुरु भएको खुला फुटबल प्रतियोगिता जिल्लाका १२ वटा टिम सहभागिता रहेको आयोजक समितिले जानकारी दिएको छ ।

फुटबल प्रतियोगितामा सिमकोट गाउँपालिका, खार्पुनाथ गाउँपालिका नाम्खा गाउँपालिका खेलाडीहरुको सहभागिता रहेको आयोजक कमिटिको छ ।

गत शुत्रबारदेखि सञ्चालन रहेको फुटबल प्रतियोगितको फाइनल खेल २० गते हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार नगद सहित  प्रमाण पत्र प्राप्त गर्नेछ भने दिृतीय हुने समुहले ३० हजार नगद सहित प्रमाण पत्र पाउने छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सर्वाधिक गोलकर्ता र हरेक पुरस्कृत गरिने छ ।