कैलाश माविको ४४ औ वार्षिक उत्सव

नन्द सिंह

हुम्ला– सिमकोट गाउँपालिका–७ स्थित रहेको कैलाश माध्यामिक विद्यालयको ४४ औ वार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित सम्पन्न भएको छ । वार्षिक उत्सवका अवसरमा विविध कार्यक्रम गरी भव्यका साथ मनाइएको हो । सोही कार्यक्रममा प्रधानाध्यापक मेजबहादुर बुढाले आर्थिक वर्ष ०७५÷०७६ सालको ९६ लाख ४० हजार ९ सय ३८ रुपैया ८८ पैसा रआय र ७५ लाख ५० हजार १ सय ४६ रुपैया विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालयलाई विभिन्न क्षेत्रबाट सहयोग गर्ने सहयोगिदाता, अभिभावक, शिक्षकलाई सम्मानका साथै विद्यालयका बिभिन्न अक्तिरिक्त क्रियाकलाप र खेलकुदमा प्रथम, द्धृतिय र तृतिय स्थान हुने विद्यार्थीलाई पुरस्कार समेत वितरण गरीएको हो । अभिभावक दिवसमा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला कमिटि सदस्य महेन्द्रबहादुर शाहीले विद्यालयलाई राजनैतिक थलो समेत नबनाउन आग्रह समेत गरेका छन् । विद्यालय भनेको विद्याको मन्दिर हो यस क्षेत्रमा कसैले राजनैति गर्न नमिल्ने बताए ।

कार्यक्रका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख दानबहादुर रावतले शिक्षालाई अब समय सापेक्षा अगाडी बढाउनुपर्ने बताएका छन् ।
पछिल्लो समयमा सामुदायिक विद्यालय प्रति अभिभावकको चासो कम भएको भन्दै त्यसतर्फ सबै आ आफनो क्षेत्रबाट लाग्नुपर्ने समन्वय प्रमुख रावतको भनाई छ । वार्षिक उत्सवमा उपस्थित वक्ताहरुले आ आफनो धारणा व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजबहादुर शाहीको सभापतित्व रहेको कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दानबहादुर रावत,नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज विजय भणडरी,नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य महेन्द्रबहादुर शाही,नेपाली काँग्रेस जिल्ला पार्टी उपसभापति कैलाश भण्डारी, वडा नं. ५ का वडा अध्यक्ष कृष्ण बोहोरा, ४ का छविचन्द्र लामा, २ का नरबहादुर भण्डारी, ६ का जयचन्द्र रोकाया र ७ का राजबहादुर शाही लगायत उपस्थिती रहेको थियो कार्यक्रमको उद्धोषण सोही विद्यालयका शिक्षक हरीबहादुर शाहीले गरेका थिए ।