सर्केगार्डमा सांकेतिक भाषा निशुल्क पाठनपाठन

हुम्ला–सर्केगार्ड गाउँपालिकामा निशुल्क सांकेतिक भाषामा पठनपाठन हुने भएको छ । वडा नम्बर ४ स्थित दुल्लीमा कान नसुन्ने नबोल्ने (बहिरा) बालबालिकाहरुले सांकेतिक भाषामा निशुुल्क पठनपाठन गर्न पाउने भएका छन ।
हुम्ला बहिरा संघको पहलमा उनीहरुलाई उद्धार गरी सांकेतिक भाषाको माध्यमबाट पठनपाठन गरिने हुम्ला बहिरा संघका अध्यक्ष धर्मदत्त फडेराले जानकारी दिएका छन ।
जिल्लाका ७ वटै गाउँपालिका रहेका कान नसुन्ने नबोल्ने (बहिरा) बालबालिकाहरु दुल्लीमा सम्पर्क गर्न समेत उनले बताए ।

सांकेतिक भाषाको माध्यमबाट निशुल्क रुपमा पठनपाठन हुन्छ , खाना लगाउने सम्पुर्ण संस्थाले वेहोर्न अध्यक्ष फडेराको भनाई रहेको छ ।  वडाध्क्षयको सिफारिस, बुबाको नागरिकताको एक प्रतिफोटोकपी,बालबालिकाको जन्मदार्ता र बालबालिका २ प्रति फोटो र बुबाको १ प्रति फोटो चाहिने भएको छ ।

कान नसुन्ने नबोल्ने बहिरा बालबालिकाहरुलाई दुल्ली आधारभुत विद्यालय सर्केगार्डमा पठनपाठन भईरहेको शिक्षक कृष्ण धामीले बताए । अपाङ्गता प्रकृति अनुसार खेलकुुदको विकासका लागि कार्यक्रम तय समेत हुने शिक्षक धामीको भनाई रहेको छ ।