फाल्गुन ३ गतेदेखि भृकुटी मण्डपमा वृहत कर्णाली एक्स्पो हुँदै

काठमाडौं ।  काठमाडौंको भृकुटी मण्डपमा फाल्गुन ३ गतेदेखि कर्णाली वृहत एक्स्पो हुने भएको छ । सवृद्ध कर्णाली अभियानको प्रमुख आयोजनामा तथा नेपाल पर्यटन बोर्डको प्रर्वद्धन हुने उक्त एक्स्पोमा कर्णाली प्रदेशको मौलिकतालाई प्रस्तुत गरिने संयोजक उपेन्द्र शाहीले जनाकारी दिएका छन् ।

गौरवका पाना र सम्भावनाका खानीहरुको उत्सव भन्ने नाराका साथ ३ दिन सम्म हुने वृहत एक्स्पोमा करिव १ करोडको लगानी हुने संयोजक शाहीले बताएका छन् । कर्णाली प्रदेशका १० वटै जिल्लाका युवा एवंम विभिन्न सरकारी तथा निजिसंस्थाका सहकार्यमा हुने प्रदर्शनीले एक्स्पो पछि पनि पर्यटन तथा लगानीलाई मध्यनजर गरि अर्थतन्त्तमा ध्यान दिई अगाडि बढ्ने आयोजक टिमले जनाएको छ ।

कर्णाली प्रदेशमा पर्यटन प्रर्वद्धनका एवंम एक संवृद्ध कर्णाली प्रदेशको रुपमा स्थापित गर्न उक्त कर्णाली वृहत प्रदर्शनी, एक्स्पोको आयोजना गरिएको आयोजकको भनाई रहेको छ । प्रवेश शुल्क प्रतिव्यक्ति रु २०० भएपनि विद्यार्थीले भने रु १०० उक्त एक्स्पोको अवलोकन गर्न पाउने व्यवस्था रहेको छ ।

कर्णालीका मौलिक सांस्कृति, प्रांगारिक कृषि प्रदर्शन, रैथाने खानाको परिकारहरु, खसभाषा र सभ्यताको सत्र, कर्णाली प्रदेशका अमूल्य प्राकृति सम्पदा एवंम बहुमूल्य जडिबुटीको फोटो, भिडियो र सन्दर्भ सामाग्रीहरुको प्रदर्शनी, निजि क्षेत्रका स्टलहरु आदी एक्स्पो पहिचानका वस्तुहरु रहेका छन् ।