नेपाली सेनाको हेलिकप्टरबाट उच्च रक्तश्राव भएकी महिलाको उद्धार

 

हुम्लाको चंखेली गाउँपालिका एक महिला लाई अति रक्त श्रावको पिडा भए पछि नेपाली सेनाको हेलिकप्टरले उद्धार गरेको छ । चंखेली गाउँपालिका ५ वटा नेप्का गाउँकी ३९ बर्षिय रिउली तामाङ्ग लाई गएको मााघ २८ गतेको दिनमा तिन महिनाको बच्चा खसेको र निजीकैको स्वाथ्य चौकीमा न्युन उपचार भयता पनि निरन्तर उपचार नभयपछि रक्तस्राबका कारण ज्यान जोखिममा ज्याने भएकोले पनि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए । २ महिना पहिला बच्चा खसे पछि उच्च रक्तश्राव भएकी महिलाको उद्धारको सुर्खेतबाट हेलिकप्टर जिल्लाको चंखेली गाउँपालिका वडा पाँच पिप्लाङ्गमा टेकअप गरि उद्धारमा खटिनुभएको नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष अर्जुन बोहराले बताउनुभयो ।
शुक्रबार बेलुका उक्त महिलाको उद्धार गरिने भनिएता पनि हेलिकप्टर सँगै उच्च रक्तश्राव भएकी महिलाको स्थान चिनाउने मानिस नभएका कारण शनिवार उच्च रक्तश्राव भएकी चंखेली गाउँपालिका ५ की ३० वर्षिय रिउली तामाङलाई नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज भेरी अञ्चल अस्पताल लगिएको सहायक प्रमुख अधिकारी पोखरेलले बताए

तामाङ्गको उद्धारमा जिल्लामा कार्यरत सञ्चारकर्मीको पनि ठुलो भुमिका रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सँगै जिल्लामा कार्यरत नयाँ पत्रिका दैनिकका नरजन तामाङ्ग र नेपाल पत्रकार महासंघ हुम्लाका अध्यक्ष तथा रेडियो कर्णाली आवाजमा कार्यर अर्जुन बोहराको यसमा भुमिका रहेको छ । अध्यक्ष बोहरा नेपाली सेनाको हेलिकप्टर सँगै विरामी भएको स्थान पिप्लाङ्गमा पुगेर उद्धार गरेका छन् ।
जिल्लाको पिप्लाङ्गमा हेलिप्याडको स्थान थाहा नहुँदा शनिवार मात्र उद्धारमा आफु सुर्खेतबाट खटिएको अध्यक्ष बोहराले बताए
बच्चा खसेपछि रक्तश्राव नरोकिएपछि स्वास्थ्यमा उपचार गराउदा समेत रक्तश्राव नरोकिएको बिरामीका श्रीमान जसिलाल तामाङले बताए । उनले भने २ महिना पहिला बच्चा खस्यो त्यसपछि रक्तश्राव रोकिएन उपचार गराउन स्वास्थ्य संस्थामा ल्याएको हौ तामाङले भने ।
रक्तश्रावले थलिएकी तामाङको ज्यान बचाउन कर्णाली प्रदेशको पहल र गृह मन्त्रालयको कोडिनेशनमा रक्तश्राव भएकी महिलाको उद्धार गरिएको ,सहायक प्रमुख जिल्ला अधिकारी, महेश कुमार पोखरेल,जानकारी दिए। अहिले उच्च रक्तश्राव भएकी महिलालाई कोहलपुरमा रहेको नर्सिङ्ग मेडिकल कलेज अस्पतालमा उचार गराईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष अर्जुन बोहराको भनाई छ ।
उच्च रक्तश्राव भएकी महिलालाई नेपालगञ्ज लिन लागेको सहायक प्रमुख अधिकारी पोखरेल बताए । तामाङको ज्यान बचाउनका लागि सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेल र जिल्ला अस्पताल हुम्लाका डाक्टर दुर्गा सुर्खाली, नयाँ भैरवी दल गुल्मका मेजर निश्चल पाठकले जिल्लाबाट पहल समेत गरेका हुन् ।

हेलिकप्टरबाट उद्धार गरेर ज्यान जोखिमबाट बचाउन सफल भएको छ । सदरमुकाम सिमकोट देखि ३ दिन टाढाको दुरीम चंखेली गाउँपालिका पर्ने गरेको छ । नेपाल सरकारले कर्णालीका गर्भवती र सुत्केरीबाट खतरा रहेको महिलाहरुलाई हेलिकप्टरबाट सुविधा सम्पन्न अस्पतालमा पुर¥याउने व्यवस्था गरेको छ । गर्भवती तथा सुत्केरी अवस्थाबाट खतरा रहेको कर्णालीका हुम्ला जिल्लाबाट एयरलिफटिङ्गको सेवा पाएपछि धेरै महिलाहरुको ज्यान जोगिएको छ ।