पाँचदिनदेखि हिमाली क्षेत्रमा हवाई उडान प्रभावित

हुम्ला- राष्ट्रिय सडक सञ्जालसँग नजाेडिएकाे हुम्ला जिल्ला पाँचदिनदेखि हवाई सेवा प्रभावित भएकाे छ।

नेपालगन्जमा बाक्लाे हुस्सु कुहिराेका कारण कर्नालीकाे हुम्ला,मुगु, जुम्ला,डाेल्पा र सुदूरपश्चिम प्रदेशकाे बाजुरा जिल्लामा समेत हवाई सेवा प्रभावित भएकाे हाे।

हुस्सुले हुम्ला जिल्लाकाे हवाइ उडान हुन नसकेकाे स्थानीय लाेग भण्डारीले जानकारी दिए। हुस्सु नलागेपछि बिहानै जहाज नेपालगन्जबाट सिमकाेट पुगिहाल्थे पाँच दिन भयाे उडान नभएकाे भणडारी बताए।
उडान प्रभावित भएसँगै सिमकाेटबाट काम विशेषले नेपालगन्ज सुर्खेत झर्न यात्रुलाई सकस भएकाे छ । पूर्व पर्यटनकाे सिजन नभएपछि नेपालगन्जबाट दैनिक १/२ उडान निजि एयरलाइन्स सीता,तारा समिटले उडान भर्द‌ै आएका थिए।

यस्तै गरि बाजुरा जिल्लाको काेल्टी पनि उडान ठप्प भएकाे स्वामिकार्तिक खापर गाउँपालिकाका स्थानीय अनिल शाहीले जानकारी दिए।

उडान नभएपछि बिरामीहरू गाडीबाट नेपालगन्ज ,सुर्खेत झर्न गरेकाे शाहीले बताए। पाँचदिनदेखि कर्नालीका हुम्ला,मुगु,जुम्ला,डाेल्पा, र सूदुरपशिचमकाे बाजुराकाे काेल्टी लगायतका क्षेत्र हवाई सेवा प्रभावित छन।