हुम्ला, जिल्ला अस्पताल हुम्लामा रहेका बिरामीहरुलाई फलफुल बितरण गरीएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा विरामीलाई फलफूल वितरण गरेको हो । स्वास्थ्य सेवामा सर्वव्यपी पहँज, सवैका लागि स्वास्थ्य भन्ने मुल नाराका साथ जिल्ला असपतालमा गरीएको कार्यक्रममा जिल्ला अस्पताल हुम्लामा भर्ना भएका नौ जना विरामीहरुलाई प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालकले फलफूल तथा जुस वितरण गरिएका हुन ।
जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुमा औषधिको पहुँज पुराउनका लागि स्वास्थ्यकर्मि सदैब अग्रसर हुनु पर्ने र विभिन्न बाधा अड्चन र समस्या बावजुत पनि आउँदा दिनहरुमा स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई नियमित गराउन यहाँका सेवाग्रहीलाई स्वास्थ्य सम्वन्धित चेतना अभिबृद्धिका कार्यक्रम अगाडि सार्नु पर्ने आवश्यक्ता रहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।
हामी स्वास्थ्यकर्मी सवै सेवाग्राहीलाई स्वास्थ्य सेवा दिनको लागि दिन रात खटि रहेका छौँ र विरामीहरुका लागि पनि लागि पर्ने विश्व स्वास्थ्य दिवसको अवसरमा संचनलज गरीएको कार्यक्रममा बोल्दै सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक धुर्वराज सिंहले बताए ।
हुम्ला जस्तो ठाउँमा स्वास्थ्यको अवस्थामा हेर्ने हो भने स्वास्थ्य सेवालाई तदारुक्ताका साथ सेवा प्रवाह गर्न सकिएको छैन , यो सेवा प्रवाह गर्नका लागि हामीहरु मात्र लागेर भएन सवैको पहल र सहयोगमा सेवा पुराउन सकिने जिल्ला अस्पताल हुम्लाका निमित्त कार्यालय प्रमुख टसि आङ्जुक लामाले बताए ।
मिगुर लामा । २५ चैत्र २०७५, सोमबार ००:१६