हुम्लाका गाउँ गाँउमा सुरक्षा गस्ति सुरू

हुम्ला जिल्ला प्रहरी हुम्ला र सश्सत्र प्रहरी बलले गाउँ गाँउमा सुरक्षा सुरू गरेको छ ।

जिल्लाको शान्ति सुरक्षालाई मध्य नजर गर्दैै जिल्ला
प्रहरी कार्यालय हुम्ला र सश्सत्र प्रहरी बल हुम्लाले सुरक्षा गस्ती सुरू गरेको हो ।

सशक्त रुपमा सुरक्षा सर्तकता बढाउन जिल्ला प्रहरी कार्यालय हुम्ला र सशस्त्र प्रहरी बल हुम्लाले संयुक्त टोली मंसिर ५ गतेदेखि विकट गाँउमा सुरक्षा गस्ति बढाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय हुम्ला हरपल जनताको सुरक्षा लागि सधै तत्पर रहेको जनाएको छ ।
केही दिन सदरमुकाम सिमकोट स्थित कृर्षि विकास कार्यालयको मुल गेटमा दुई वटा सकेट बम राखिएको थियो । गाउँ गाउँमा सुरक्षा गस्ति हुम्ला जिल्लाको पहिलो मानिएको छ।