पर्यटन प्रवद्र्धन गर्ने गीत डोल्पा घुमला जाउन है सार्वजनिक

डोल्पाका पत्रकार रामचन्द्र न्यौपानेको शब्द रचना रहेको डोल्पा घुम्न जाउँ न है निरमाया बोलको गीतको भिडियो सार्वजानिक भएको छ । बुडासुब्बा डिजिटल कम्पनीमार्फत गीतको भिडियो मंगलबार सार्वजानिक भएको हो ।

गीतले पर्यटकीय सम्भावना बोकेको डोल्पालाई देश बिदेशमा चिनाउन र नेपालकै गहिरो ताल शे–फोक्सुन्डो, प्रशिद्ध शक्तिपिठ त्रिपुरासुन्दरी मन्दिर, मष्टा मन्दिर, शे–गुम्बा, दुनै बजारलगायतका पर्यटकीय क्षेत्र चिनाउने प्रयास गरेको छ ।

गीतमार्फत डोल्पामा हवाइ र सडक मार्गबाट पुग्न सकिने सन्देश दिइएको छ । सडक सञ्जालमा जोडिनु अघि महिनौ लगाएर बोकेर खाद्यान्न ढुवानी गर्नुपर्ने अवस्थादेखि महिनौँ पैदल हिँडेर नेपालगञ्ज, काठमाडौंलगायतका शहरहरुमा पुग्ने गरिएको बिगतलाई दर्शाइएको छ ।

गीतले डोल्पाको प्राकृतिक, धार्मिक तथा साँस्कृतिक कला सँस्कृतिलाई उजागर गर्दै पर्यटन प्रर्वदन गर्न टेवापुग्ने निर्माण पक्षको दाबी छ ।

गीतमा पत्रकार न्यौपाने र कलाकार लालमाया थापाको स्वर छ । लक्ष्मण देवकोटाले निर्देशन तथा छायाङ्कन गरेको भिडियोमा पत्रकार न्यौपानेर महिला पत्रकार मेनुका बुढाले अभिनय गरेका छन् ।
सम्भाबना भएरपनि ओझेलमा परेको डोल्पालाई गितले देश बिदेशमा चिनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः मंगललबार, जेष्ठ ७, २०७६     6:27:09 PM

Leave a Reply

Your email address will not be published. Required fields are marked *