एमालेले बनायाे लामालाई केन्द्रीय सदस्य ।

हुम्ला– वामपन्थी नेता तथा पूर्व प्रतिनिधी सभाका सदस्य छक्कबहादुर लामा केन्द्रीय सदस्यमा मनाेनित भएका छन।

आज बसेकाे नेकपा एमाले सचिवालय बैठकले लामालाई नेकपा एमालेकाे केन्द्रीय सदस्यमा मनाेनित गरेकाे हाे।

एमाले केन्द्रीय प्रचार विभागका अनुसार पूर्व  प्रतिनिधी सभा सदस्य छक्कबहादुर लामा र मुकुन्द न्याैपानेलाई केन्द्रीय सदस्यमा मनाेनित गरेकाे जनाएको छ। हुम्ला जिल्लाको वामपन्थी आन्दोलनका अग्रज पूर्व- मन्त्री,निबर्तमान प्रतिनिधि सभाका  सदस्य (२०४८/२०७४)  समेत रहनु भएका लामा२०७९ मंसिर ४ गते को प्रतिनिधी सभा र प्रदेश सभा सदस्य निर्वाचन अघि माओवादी परित्याग  गरेर एमाले प्रवेश गर्नु भएको थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य त्यागेर एमाले प्रवेश गर्नु भएका लामा एमालेकोतर्फबाट कर्णाली प्रदेश निर्वाचन क्षेत्र २ बाट उम्मेरदवार बनेका थिए  । नेपाली कंग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीसंग पराजित भएका थिए।

२०४८ सालको निर्वाचनमा जनमोर्चा र २०७४ सालमा स्वतन्त्र उम्मेदार बनेर निर्वाचित हुनु भएका लामा हुम्लाको वामपन्थीआन्दोलनका अगुवाका रुपमा चिनिदैँ आएका । यसअघि लामा एमाले केन्द्रीय सल्लाहकार कमिटी सदस्य थिए।