स्याम्न्या-सिमिकोट सडक निर्माण सुचारु, असार मसान्तसम्म सकिने !

हुम्ला,२१ जेठ । स्याम्ने सिमकोट सडकको निर्माण कार्य सुरु भएको छ ।

बिगत तीन बर्ष देखि अबरुद्द रहेको कणाली करिडोर अन्तर्गत स्याम्न्या सिमिकोट खण्ड  स्थानिय जग्गा धनिहरु संगको छलफलमा निर्माण कार्य संचालन गर्न सहमती भएपछि निर्माण कार्य सुचारु भएको हो ।

२०७६ सालको असारमा एएनके माउण्टेन जेभीसँग निर्माण कार्यका लागि आयोजनाले सम्झौता गरेको थियो। २०७९ माघ मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिने बताइएपनि अवरोधका कारण सम्पन्न हुन सकेको थियन । निर्माण कार्य अगाडि बढेपछि आयोजनाले निर्माण कम्पनीको म्याद थप समेत गर्ने तयारी गरेको आयोजना निर्माण कम्पनिका प्रतिनिधि अर्जुन महताराले बताए । महताराले अब निर्माण कार्य सहजरुपमा अगाडि बढ्छ र असार मसान्त सम्म कार्य सम्पन्न हुने बताए  ।

कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र ४४ जना जग्गा धनीहरूबीच भएको छलफलपछि सडक निर्माणको कार्य अगाडि बढेको हो। स्याम्नेदेखि कालढुंगासम्मको सडक निर्माण गर्दा सिमकोट गाउँपालिका- ५ का स्थानीय जग्गा धनीको ३६ हजार वर्गमिटर जग्गा सडक खण्ड भित्र पर्ने आंकलन गरियको छ । सिमकोट खार्पु सडकको १२ किलोमिटर खण्ड अब सहजरुपमा निर्माण गरिने बाटो खुलेको हो ।

स्याम्नेदेखि सिमकोट खण्डको पाँच किलोमिटर सडकको निर्माण कार्य सुरु गर्ने क्रममा २०७७ सालमा जग्गा धनीहरूले विरोध गरेपछि निर्माण कार्य रोकिएको थियो।