हुम्ला-जिल्ला अस्पताल हुम्ला तीन महिनादेखि औषधिकाे चरम अभाव देखिएको छ।
१५ रहेकाे एक मात्रै जिल्ला अस्पतालमा तीन महिनादेखि ओैषधीकाे चरम अभाव देखिएकाे हाे।
आधरभुत औषधि सम्म नहुदाँ गाउँपालिका,गैहसरकारी संस्था सँग सापट मागेर काम चलाउदै आएका छन ।
शनिबार बिष सेवन गरेका सिमकाेट गाउँपालिका -१ का वीर भण्डारीलाई उपचार गर्ने औषधि अभाव भएपछि फायाँ स्वास्थ्यचाैकीबाट ओेषधी मागेर काम चलाएकाे जिल्ला अस्पताल हुम्लाले जनाएको छ।
आईतवार भणडारीलाई जिल्ला अस्पताल हुम्लाबाट सुविधा सम्पन्न अस्पताल नेपालगञ्ज रेफर गरेकाे जिल्ला अस्पताल हुम्लाले जनाएको छ।
अस्पालमा औषधि अभाव देखिएपछि नातीकाे उपचारकाे लागि निजि मेडिकलबाट किनेर ल्याएर उपचार गरेकाे खार्पुनाथ गाउँपालिका-४ का प्रजित राेकायाकाे भनाई छ।
खार्पुनाथबाट राम्रोसँग नातिकाे औषधि उपचार गर्न भनेर आएपनि खाली हात फिर्ता हुन बाध्य भएकाे बताए।
खाली हात फर्किन्छन बिरामी
अस्पतालमा औषधि अभाव भएपछि बिरामीहरूले निजि मेडिकलबाट महगो मुल्यमा किनेर उपचार गर्न बाध्य देखिएका छन ।
श्रीमतीकाे उपचार गर्न जिल्ला अस्पताल पुगेका सर्केगाड गाउँपालिका-२ का मनसिंह कार्कीकाे गुनासाे उस्तै रहेकाे छ। अस्पताल औषधि नभएर निजि मेडिकलबाट महगो मुल्यमा किनेर उपचार गरेकाे बताए।
सापट मागेर बिरामीको उपचार
जिल्ला अस्पताल तीन महिनादेखि औषधिकाे अभाव भएकाे जिल्ला अस्पताल हुमलाकी निमित्त कार्यालय प्रमुख सरिता बाेहराले स्वीकार गरेकी छन। जिल्ला अस्पताल हुम्लामा औषधि अभाव हुदाँ गाउँपालिका,र गैहसरकारी संस्थाबाट सापट मागेर उपचार गर्न गरेकाे निमित्त कार्यालय प्रमुख बाेहराले बताइन।
सराेकारवालाले सुन्दैन गुनासाे
संघबाट बजेट आउदा औषधिकाे समस्या थिएन तर प्रदेश माताहातबाट ओैषधी आउने भएपछि समस्या देखिएकाे निमित्त कार्यालय प्रमुख बाेहराकाे भनाई छ।
माग फार्म पेश गर्दा समेत सम्बन्धित निकायले चिन्ता चासाे नदेखाएकाे बाेहराले बताउनुभयो ।
राज्यले हेर्न नजरनै फरक
प्रदेशबाट दिएको १० लाख बजेटबाट खरिद गरेकाे औषधि दुई महिना मात्रै पुग्ने गरेेकाे जिल्ला अस्पताल हुम्लाको स्टाेर किपर सुब्बा मनिकृष्ण जैसीले बताउनुभयो ।
तर राज्यले पनि हुम्लालाई हेर्न दृष्टिकोण फरक रहेको बताउनुभयाे । जिल्ला अस्पताल हुम्लामा बजेट छैन औषधि अभाव हुन्छ ।
दैनिक ७० देखि ८५ जना बिरामी बालबालिका उपचारका लागि आउने गरे पनि उनीहरूका लागि चाहिने सिटामोल सिरम, खोकीको सामान्य औषधिसमेत अभाव देखिएकाे छ ।
आधारभुत औषधि नभएपछि इमर्जेन्सी ,ओपिडी,ल्याब,फार्मेसी,एक्सरे समस्या देखिएकाे छ।
कर्णाली रैवार संवाददाता । १२ चैत्र २०७९, आईतवार १७:३८