चार महिना पछि भेटियाे बेपत्ता शाहीकाे लास

हुम्ला– चार महिनादेखि बेपत्ता भएका खार्पुनाथ गाउँपालिका- ४  नल्का गाउँका एक युवककाे लास फेला परेकाे छ ।

खार्पुनाथ गाउँपालिका-४ का अन्दाजी २८ वर्षिय जसबहादुर शाहीकाे लास फेला परेकाे हाे ।

गत मंसिर १४ गते खार्पुनाथ- ४ नल्ला घरबाट खच्चर लिएर सल्लिसल्ला सामान लिन  हिडेका शाही सर्केगाड गाउँपालिका-३ काे उनापानी बाट बेपत्ता भएकाे पारिवारिक श्राेतले जनााएकाे छ ।

बेपत्ता भएकाे ठिक चार महिनापछि सर्केगाड गाउँपालिका-३ काे उनापानी गाउँ नजिकै पाल्तिखेर भन्ने स्थानमा उनकाे लास भेटिएकाे जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएकाे छ ।

हिजाे ८ बजे लास भेटिएको खबर पाउने बितिकै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक दीपक मल्लकाे टाेली सर्केगाड पुगेकाे छ ।

फेला परेकाे लास खार्पुनाथ गाउँपालिका-४ का जसबहादुर शाही रहेकाे जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक दीपक मल्लले बताए । मुचुल्का उठाउने काम भईरहेेकाे प्रहरी निरिक्षक मल्लकाे भनाई छ ।