रिप गाँउको इतिहासमा पहिलो महिला साँसद लामा !

कणाली प्रदेश सभामा नेकपा माओबादीबाट समानुपातिक साँसद मा सिफारिस भएपछि बुहारी जुम्कित लामा( कार्की) अब माननीय जुंम्कित भएकी छ्न । हुम्ला जिल्ला साबिक सर्किदेउ रिप मा बिहे गरेकी बुहारी जुम्कित सर्केगाड २ रिप कि माननीय बन्ने अवसर नेपका माओबादिले पूरा गरिदियको छ ।
२०७९ साल मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनाब मा हुम्ला जिल्ला बाट समानुपातिक मा माओबादी बाट जुंम्कित लामा कंग्रेस बाट बिजया बुढा एमाले बाट कलबहादुर हमाल लगायत पर्देश समानुपातिकमा पर्न सफल भएका थिय । तीन जना मध्य लामा रिप गाउँ को ईतिहास रच्न सफल भएकी छन ।                     
पहिलो मान्निय को ईतिहास 
पंचायत, बहुदल हुदैं विभिन्न क्रान्ती युद्द हुदा हुम्लाबाट चक्र बहादुर    शाही, शुरबिर शाही र छबिलाल लामा माननीय मा दर्ज भैसकेका रिपका पुराना नेता पुसे फडेरा सम्झन्छ्न । फडेरा आफ्नो सम्झनामा रिप बाट माननीय हुने पहिलो महिला र पहिलो माननीय भएको बताउछ्न ।
२०६४ सालको चुनाब पछि हुम्लाले थुप्रै माननीय पाइसक्दा पनि रिपले भने पहिलो पटक माननीय पयो । धर्मजित बुढा, जीवन शाही,गोर्ख बोगटी, छक्क बहादुर लामा, छिमी दोर्जी लामा, छिरिङ डम्दुल लामा, दल रावल, रिता शाहि, रंगमती शाही लगायत हुम्लाका माननीय भैसकेका छन ।
लामा २०५८सालमा माओबादी पार्टिमा भुमिगत भैइन । भुमिगत अवस्थामा २०६१ सालमा रिपका चन्द्र सिंह कार्की (मुक्ती) संग जनबादी बिवाह गरेकी लामा पार्टी शान्ती प्रकृयामा गैसकेपछी पार्टिको काम संगै होटेल ब्यबसाय सुरु गरिन । एक बच्चाकी आमा लामाले निरन्तर पार्टी प्रतिको खटाइ का कारण प्रदेश समानुपातिक मा जिल्लाबाट आदिबासी जनजाती तर्फ पहिलो नम्बर मा परिन । पार्टिको मतका आधारमा समाबेसी कोटा मार्फत समानुपातिक मा सिफारिस हुन सफल भैइन ।                                                     
लामाको भुमिगत यात्रा !
२०४० जेठ २५ गते  बुवा प्रेम बहादुर लामा र आमा पुनोर लामाको कोख बाट जन्मेकी  जुम्कित लामा (कार्की) ०५६ सालमा अखिल क्रन्तिकारीको गाउँ कमिटी उपाध्यक्षमा भुमिगत रुपमा काम गर्दै आएकि हुन । २०५७ साल अषाढ १५ गते राज्य पक्षबाट स्कुल पढ्दै गरेको अवस्थामा गिरप्तार गरी २ दिन सम्म हिरासदमा राखी प्रहरीद्धारा यातना पाएको ,२०५८ साल साउन १५ गते घर छोडेको, २०५८ माग ५ गते पार्टी सदस्यता प्राप्त गरेको, २०५८ बैशाख १८ गते पार्टी ए सि यम प्राप्त गरेको, २०५८ जेष्ठ २६ गते लामा मुक्ति मोर्चाको जिल्ला कमिटी सदस्यता प्राप्त गरेको २०६० साल भाद्र २५ गते अखिल नेपाल महिला संघ क्रान्तिकारीको डि सि एम, २०६१ भदौ २१ गते बिवाह गरेकि लामा २०६१ कात्तिक २३ गते नेकपा (माओवादी) पार्टीको जिल्ला कमिटी डि सि एम भएकी थिइन । २०६१ मंसिर १८ गते लामा मुक्ति मोर्चाको केन्द्रिय सदस्य, २०६६ साल जेष्ठ २५ गते अखिल नेपाल महिला संघ क्रान्तिकारीको जिल्ला अध्यक्ष भएको २०६८ साल हेटौडा महाधिवेशनमा नेपाल कम्युनिस्ट पार्टी एकिकृत माओवादीको आयोजक कमिटी सदस्य भएको २०६८ साल अ.ने.म.संघ क्रान्तिकारीको केन्द्रिय सदस्य, २०७४ साल नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य भएको २०७४ देखि २०७८ साल सम्म नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सदस्य र हाल हुम्ला जिल्ला सर्केगाड गाउँकमिटी इन्चार्ज र अखिल नेपाल महिला संघ (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा हुम्ला जिल्ला ईन्चार्ज भयर काम गर्दै आइरहेकी छन ।                           

रिपका मतदाताले गरेको आशा !
विभिन्न समय समयमा भोट हालेर थुप्रै माननीय बनाइ सकेका रिपाल्या मतदाताले यो पटक भने अफ्नै बुहारी सांसद बनाउन भोट दिन कुनै कंजुस्याइ नगरेको रिपका मतदाताको भनाइ छ ।आफ्नै बुहारी माननीय हुन्या भयापछी अर्काकुन क्यान भोट हाल्न्या ?” मतदानको दिन मतदान स्थलमा भेटियका एक मतदाताले कणाली रैबारलाइ बताएका थिय ।
लामाबाट रिपले आशा गरेको पहिलो काम भनेको योजना गाउमा ल्याउदा आफ्नाको पेट भरिने काम बन्द होस । सबैले समान रुपमा योजनालाई सदुपयोग गर्न पाइयोस । अरु ठुला कुनै माग नभएपनी बिकासमा समान सहभातिका थिती बसालिओस यो मतदाताको अनुरोध हो ।
त्यसपछी बिजुली, पानी को ब्यबस्थापन , बिध्यालयमा शैक्षिक सुधारमा लागि परोस यो हाम्रो माग भने पनि अनुरोध भने पनि यहि हो एक जना रिपका मतदाताले बताए।
२०७४ सालमा भएको स्थानी चुनावमा लामा गाउंपालीका उप प्रमुखमा सिफारिस भएकी थिइन तर तत्कालिन नेकपा हुंदा एमाले को भागमा उप प्रमुख र माओबादिको भागमा पालिका प्रमुख पर्दा लामा रित्तो हात रहेकी थिइन ।

हुम्लाले पायो ६ सांसद ।
छिरिङ डम्डुल लामा ( माओवादी केन्द्र (प्रतिनिधि सभा प्रत्यक्ष )
जीवन बहादुर शही (नेपाली काङ्ग्रेस प्रदेश शभा प्रत्यक्ष ) रणसिङ्ह परियार माओवादी केन्द्र (प्रदेश सभा प्रत्यक्ष ) कल बहादुर हमाल (नेकपा एमाले समानुपतिक प्रदेश सभा )जुम्कित लामा (माओवादी केन्द्र प्रदेश सभा समानुपातिक )बिजया बोहोरा (नेपाली काङ्ग्रेस प्रदेश सभा सदस्य समानुपातिक ) हुम्लाले जिताएर पठाउने तर सांसद ले हुम्ला नहेर्ने चलन निरन्तर रहि रह्यो भने आगामी ५ बर्ष पछि हुने निर्वाचनमा मतदाताले नो भोट को स्थिती आउन सक्ने देखिन्छ । त्यसैले जनताको नेता भैसके पछि जनताकै सेवामा तल्लिन हुन आजको आवस्यक्ता रहेको छ । तपाईं सम्पुण माननीय ज्युलाइ कर्णाली रैबारको तर्फबाट कार्यकालको शुभ कामना ।