हुम्ला– नेपाल विद्यार्थी संघ सुर्खेत हुम्ला सम्पर्क समितिका अध्यक्षमा हिमाल लामा सर्वसम्मत चयन भएका छन ।
शनिबार सुर्खेतमा सम्पन्न भएको नेपाल विद्यार्थी संघ मध्यपश्चिम विश्वविद्यलय द्धारा सुर्खेत हुम्ला सम्पर्क समितिमा लामाको नेतृत्वमा १३ जान कार्य समिति सर्वसम्मत चयन भएको हो ।
जसको उपाध्यक्षमा अग्नि शर्मा, ग्यानी बोहरा,सचिवमा गोविन्द रोकाया,सह सचिवमा रोकु लाल जैशी,कोषाध्यक्ष शान्त बहादुर रोकाया,चयन भएका छन । भने सदस्यहरुमा भुवन रोकाया,दयाल महतारा,ईश्वर रावत,किशोर बुमी,देवदत ढकाल र धनराज धामी रहेका छन । त्यस्तै गरी सल्लाहकारमा लोकेन्द्र जैसी,धिराज बोहरा र प्रकाश जैसी रहेको अध्यक्ष लामाले जानकारी दिएका छन ।
शनिबार सुर्खेत हुम्ला सम्पर्क समिति चयनमा विवेक आर्चायले मुलुकको परिवर्तनमा नेपाल विद्यार्थी संघले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन ।
नेपाल विद्यार्थी संघको गरिमालाई बचाउनका लागि नयाँ पुस्ता आउन आवश्यक रहेको आर्चायले बताए ।
नेपालकोे शैक्षिक विकासमा नेविसंघले ठुलो योगदान पु¥याएको स्मरण गर्दै शैक्षिक विकृतिका विरुद्व संघ लडि रहनुपर्नेमा जोड रहेको छ ।
कर्णाली रैवार संवाददाता । १४ पुष २०७५, शनिबार १९:५५