कोरोना विपद् व्यवस्थापन कोषका लागि ३ लाख सहयोग

पाँचदिनको कर्मचारीका तलबबाट

हुम्ला–कर्णाली एकिकृत ग्रामिण तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालले पाँच दिनको कर्मचारी तलब काटेर ३ लाख रुपैया सहयोग गरेको छ ।

कर्णाली प्रदेशले कोभिड–१९ विपद् व्यवस्थापन समिति सुर्खेतले खडा गरेको कोषमा (किर्डाक) नेपाल संस्थामा कार्यरत सबैले कर्मचारी आफुले पाउने तलबबाट पाँच दिनको पारिश्रमिक छुटयाएर ३ लाख नगद्को चेक दिएको हो ।

कोरोना भाइरस कोभिड–१९ को रोकथाम तथा उपचार राहत वितरणमा सघाउन भन्दै कर्णाली प्रदेश कोभिड १९ विपद् व्यवस्थापन स्थापना गरेको छ ।

बिहिबार मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आन्तरिक मार्मिला तथा कानुन मन्त्री नरेन्द भण्डारी मार्फत चेक हस्तान्तरण गरिएको कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपाल सुर्खेतका प्रमुख नविन शाहीले जानकारी दिए ।

यस भन्दा महिला कोरोना भाइरस कोभिड–१९ का लागि प्रदेश नम्बर ५ को कपिलवस्तुको शिवराज नगरपालिका र चन्द्रौटा नगरपालिकालाई २÷२ लाखको रकम सहयोग गरेको शाहीले बताए ।
कर्णाली प्रदेशका दुर्गम जिल्ला हुम्ला,मुगु जुम्ला,कालिकोट,डोल्पा र सुर्खेत जिल्लामा विभिन्न दातृनिकायसँग मिलेर अत्याधिक स्वास्थ्य साम्रागी उपलब्ध गराएको छौ शाहीले भने ।

कर्णाली प्रदेशका ३ हजार ८ सय ५० घरधुरीलाई सेनिटाइजर ७ हजार ५ सय ६७ घरधुरीलाई सर्जिकल मास्क,र १ सय ९७ स्वास्थ्य इकाईलाई स्वास्थ्य सामाम्री थर्मेगन,पिपिई र लगायतका औषधीहरु सहयोग किर्डाक नेपाल संस्थाले गरेको शाहीले बताए ।