सुर्खेत जलमग्न भएपछिका दृश्यहरु…

सुर्खेत, ११ साउन ।
अविरल बर्षाले गर्दा सुर्खेत उपत्यकाको सानो सुर्खेत लगायतका केही क्षेत्र मंगलवार जलमग्न भएका छन ।

लगायतरको वर्षाको कारण इत्राम, खोर्के, नेवारे लगायतका खोलामा पानीको बहाव बढेपछि निकासतिरको क्षेत्र जलमग्न भएको थियो ।

रातीदेखि दिउसो १ बजेसम्म परेको वर्षाको कारण केही घरहरु समेत डुवानमा परेको प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग क्षेत्रिय हावापानी कार्यालय सुर्खेतले इत्राममा १ सय ५८, एयरपोर्टमा १ सय ४७, भेरी

नदीको समाधिघाटमा २ सय ११, मेहलकुनामा १ सय ७६ वर्षा मापन भएको वताएको छ ।
सानो सुर्खेतको क्षेत्र जलमग्न भएको खवरपछि स्थानीय प्रशासन, प्रहरी लगायतको टोलीले सर्वसाधारणलाई उच्च सर्तकता अपनाउन सुझाव दिएको थियो ।

पानीले जलमग्न भएको क्षेत्र हेर्नको लागि सर्वसाधारणको भीड लागेको थियो ।
२०७१ साल साउन २८, २९ र ३० गते आएको वाढीले गर्दा सुर्खेतमा जनधनको ठुलो क्षेति गरेको थियो ।