तीज नजिकिदै गर्दा करुणाले सार्बजनिक गरिन् आफ्नो ‘दिल राजा’ (भिडियो सहित)

ईटहरी/ हिन्दु नारीहरुको महान पर्व तिज नजिकिदै गर्दा तीज गितको भिडियो निर्माण तथा सार्बजनिक हुने क्रम बाक्लिदो छ । यस्तै क्रममा गायिका करुणा राईले पनि आफ्नो तीज गीतको भिडियोलाई सार्बजनिक गरेकी छन् । केहि बर्ष अगाडी जिन्दगीको हरेक माेडमा गित गाएर नेपाली संगीत अाकाशमा अाैपचारिक सांगीतिक यात्रा सुरू गरेकि गायिका करूणा राई छाेटाे समय मै दर्शक माझ चिनिन थालेकी छिन । हेर्नुस् उनले भर्खरै सार्बजनिक गरेको तीज गितको भिडियो ।

सार्बजनिक ‘दिल राजा’ बोलको गीतमा उनै गायिका करुणाको स्वर सजिएको छ भने शब्द संगीत राज कुमार बगर र एरेन्ज कमल सौरगको रहेको छ । ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्बजनिक भिडियोलाई छोटो समयमा धेरैले मनपराएका छन् । भिडियोमा एलिना बास्कोटा, टिकाराम भुजेल, बाबुराम खत्री संगै गायिका करुणा पनि फिचर्ड भएकी छिन् । निक्कै आकर्षक सजिसजाओटमा बनेको भिडियोमा कलाकारहरुको ठुम्का हेरिरहु लाग्ने छ ।

भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन भने बिक्रम चौहानले कोरियोग्राफी तथा निर्देशन गरेका हुन् । यस्तै भिडियोलाई मिलन बिश्वकर्माले सम्पादन गरेका छन् । गायिका करुणाले हरेक बर्ष जसो तीज गीत सार्बजनिक गर्दै आईरहेकी छिन् । बिगतका वर्षहरुमा भन्दा यो पाली भने तीज गीत र भिडियोलाई धेरै नै मेहनत गरेर निर्माण तथा सार्बजनिक गरेको गायिका बताउछिन ।

संखुवासभा स्थायी घर भएकी करुणा विशेषगरि लोक तथा आधुनिक गीत गाउन मन पराउछिन । उनको समधुर आवाज बाट धेरै जना प्रभावित भएका छन् । करुणा सांगीतिक यात्राको आरोह अवरोह लाई पार गर्दै निरन्तर रुपमा गायन कलामा अगाडी बढीरहेकी छन । केही वर्ष अघि करुणाले सुनाखरि अवार्ड २०१७ पनि हात पार्न सफल भएकी थिइन् ।