महिला स्वयंसेवक ले १० हजार पाउने

सुर्खेत ,१ असार। कर्णाली प्रदेश सरकारले सबै महिला स्वास्थ्य स्वयंमसेविकालाई बार्षिक १० हजार रकम प्रोत्साहन भत्ता स्वरुप उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्री बेदराज सिंहले शुक्रबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै महिला स्वास्थ्य स्वयंमसेविकालाई बार्षिक १० हजार भत्ता दिने बताएका हुन् ।

प्रोत्सानह भत्ताबाट महिला स्वयंमसेविकाहरु थप प्रोत्साहित भई सामुदायिक स्वास्थ्यमा सुधार हुने अपेक्षा रहेको उनले बताए । सामुदायिक स्वास्थ्य सेवालाई प्रर्वद्धन गर्नका लागि स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा सामुदायिक स्वास्थ्य ईकाईको संचालन तथा व्यवस्थापन गर्न दुई करोड रकम प्रदेश सरकारले विनियोजन गरेको छ ।