चीन सरकारद्वारा नम्खा गाउँपालिकालाई निर्माण सामाग्री सहयोग

हुम्लाको उत्तरी सिमामा जोडिएको चीनको पुराङ्गकान्ट्री सरकारले नाम्खा गाउँपालिकालाई ५० लाख मूल्य बराबरको निर्माण सामाग्री सहयोग गरेको छ । नाम्खा गाउँपालिकाको अध्यक्ष विष्णु बहादुर लामाको रोहवरमा चीन सरकारले जस्ता पाता, सिमेन्ट, सरिया ग्याविन उपलव्ध गराएको हो ।

चीनको ताक्लाकोटबाट १२ सय जस्तापाता, तीन सय १५ बोरा सिमेन्ट, पाँच हजार ४५ केजी सरिया, ग्याबिन गरी ४५ देखि ५० लाख मूल्य बराबरको सामान चीन सरकारले उपलव्ध गराएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णु बहादुर लामाले जानकारी दिएका छन ।

कार्तिक २७ गते ताक्लाकोटबाट सामानहरु नाम्खा गाउँपालिकाको कार्यालय याल्वाङ्ग गुम्बामा ल्याइएको थियो । नाम्खा गाउँपालिकाको तर्फबाट चीनीयाँ टोलीलाई अभिन्नदन गरिएको थियो । naya patrika