अखिल क्रान्तिकारीका अध्यक्ष गिरफ्तार, रिहा नगरे आन्दोलनको चेतावनी

सुर्खेत । अखिल (क्रान्तिकारी) का जिल्ला अध्यक्ष कमलसिंह बुढालाई प्रहरीले आइतबार गिरफ्तार गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी सुर्खेत जिल्ला अध्यक्ष बुढालाई प्रहरीले सोमबार गिरफ्तार गरेको हो । उनीसँगै नेकपाका जिल्ला सदस्य गोविन्द योगीलाई प्रहरीले गिरफ्तार गरेको छ ।

संगठनको काममा रहेका अध्यक्षको गिरफ्तारको अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । संगठनका भेरी ब्यूरो संयोजक पुष्पराज न्यौपानेले विज्ञप्ति जारी गरेर रिहाईको माग गरेका छन् । उनले रिहाई नगरे संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।