हुम्ला – सिमकाेट गाउँपालिका स्वास्थ्य शाखाले पूर्ण खाेप दिगाेपना सुनिश्चितका लागि एक दिने संञ्चारकर्मी र सराेकारवाला निकायसँग अभिमुखिकरण कार्यक्रम गरेकाे छ ।गाउँपालिकाले पूर्णखाेप दिगाेपना सुनिश्चित गर्नका लागि संञ्चारकर्मी र सराेकारवालासँग एक दिने अभिमुखिकरण गरेकाे हाे। राष्ट्रिय खोप कार्यक्रम अन्तरगर्त पूर्ण खोप दिगोपना, सुनिश्चितता सम्बन्धी अभिमुखीकरण सिमकोट गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेर उक्त कार्यक्रम सम्पन्न गरेकाे छ।अभिमुखीकरण कार्यक्रममा गाउँपालिका स्वास्थ्य प्रमुख नर बहादुर भण्डारीले खोपका बारेमा प्रस्तुतीकरण दिएका हुन। उनका अनुुुसार खोपको महत्व, खोपको कभरेजको अवस्था, राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत बहुबषिर्य खोप योजना सम्बन्धी र स्थानीय तहमा खोप सेवाको लागि कार्यदिशाका विषयमा जानकारी दिए।वचावट हुने रोगहरु, राष्ट्रिय खोप कार्यक्रम परिचय, पूर्ण खोप सुनिश्चितता कार्यक्रम, पूर्ण खोप वडा र पालिका घोषणाका आधारहरुको बारेमा स्वास्थ्य शाखा प्रमुख भणडारीले कार्यक्रमका सहभागीलाई जानकारी दिए। गाउँपालिका कार्यवाहक अध्यक्ष शुसिला रोकायाको अध्यक्षतामा र जिल्ला समन्वय समितीका कार्यवाहक प्रमुख सरिता रावतको प्रमुख आथित्यमा यो कार्यक्रम सम्पन्न भएको हो ।यस्तै उक्त कार्यक्रममा सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, स्वास्थ्य सेवा कार्यालयका नन्द बहादुर शाही, गाउँपालिका लेखा अधिकृत विशाल बोहरा, विभिन्न मिडियामा आवद्ध सञ्चारकर्मी लगायत गाउँपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मीको सहभागीता रहेका थिए।
"
कर्णाली रैवार संवाददाता । २२ बैशाख २०८१, शनिबार १२:१२