हुम्लामा अधिकाश सरकारी कार्यालय प्रमुख विहिन

हुम्ला । हिँउदयाम सुरु भएसँगै हुम्ला जिल्लाका अधिकाश सरकारी कार्यालयका प्रमुख चिसो छल्न शहर झरेका छन् । चिसो अधिकाश सरकारी कार्यालय प्रमुख शहर झरेसँगै अधिकाश सरकारी कार्यालय प्रमुख बिहिन बनेका छन् ।

कार्यालयको कामका बाहना बाजि गदैँ अधिकाश कार्यालय प्रमुख लेखापाल शहर झरेसँगैँ विभिन्न कामकाँज समेत प्र्रभावित भएका हुन्  ।  ३३ वटा सरकारी कार्यालय मध्ये ९ वटा कार्यालय प्रमुखहरु जिल्ला भएपनि २४ वटा कार्यालयका प्रमुख जिल्ला बाहिर रहेको पाइएको छ ।

कोष तथा लेखा नियन्त्रण कार्यालय हुम्ला पुगेका हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङका अनुुसार कार्यालय प्रमुख नभएपछि खाली फर्किन बाध्य भएको जानकारी दिए । कार्यालय प्रमुख मोबाइल नम्बर मागेर ल्याएको छु फोनबाट सोध्नु पर्ने भयो अध्यक्ष तामाङले बताए ।

कृषि विकास  कार्यालय हुम्लामा सिचाईको सम्झौता गर्न सर्केगार्ड गाउँपालिका १ तुम्च  गाउँकी चन्दा रावत कार्यालय प्रमुख नभएको उनले बताइन् । तिन दिन पैदल हिडेर सिमकोट पुग्दा कृषि विकास कार्यालय हुम्लामा  प्रमुख नभएपछि प्राविधिकहरुले सम्झौता गरेको रावतको भनाई छ ।

उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयकी एक जना महिला कर्मचारीले हाकिमसाब आफनो व्यक्तिगत कामको लागि शहर झरेको उनले बताइन् । व्यक्तिगत काम भएपछि जिल्ला बाहिर जान पाइयो उनको अभिव्यक्ति रहेको छ ।

जिल्लाका ३३ वटा सरकारी कार्यालय मध्ये हाल जिल्ला अदालत, जिल्ला प्रहरी कार्यालय, सश्स्त्र प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, आयुर्वेद स्वास्थ्य केन्द्र, राष्ट्रिय वाणिज्य बैँक, कृषि विकास बैँक भेटनरी तथा पशु अस्पताल, राष्ट्रिय अनुसन्धान कार्यालय प्रमुखहरु भएपनि अन्य कार्यालय शुन्य छ ।

कार्यालय प्रमुखहरु जिल्ला बाहिर भएपछि अधिकांश सेवाग्राही मर्कामा परेका छन् । हिँउद महिनामा अधिकाश कार्यालय प्रमुख र लेखापाल जिल्ला बाहिर बस्ने भएपछि असार मसान्त काम भ्याई नभ्याई हुने गरेको देखिन्छ ।