हुम्लाको चंखेलिले ल्यायो ३३ करोड बजेट

हुम्ला,२२ असार । चंखेली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि ३३ करोड ८७ लाख ५१ हजार ४ सय ९ को बजेट ल्याएको छ ।

तस्बिर:तारा बहादुर कार्की ।

पालिका स्तरका विद्यालयको आन्तरिक प्रतिष्पर्धा गर्ने, विद्यालयको शैक्षिक गतिविधिलाई थप प्रभावकारी बनाउँदै, पालिका स्तरिय खेलकुदलाई प्राथमिकता दिइने छ,’ पालिका अध्यक्ष शाहीले प्रस्तुत गरेको आगामी वर्षको नीतिमा भनिएको छ, ‘पालिकाको स्वास्थ्य क्षेत्रलाई थप गुणस्तर बनाउनका लागि स्वास्थ्यसंस्थाको पूर्वाधार औषधी खरिद प्रक्रियालाई थप प्रभावकारी बनाउने नीति चंखेलीले लिएको छ ।’

पूर्वाधार विकास, सामाजिक विकास, शुसाशन र अन्तरसम्बन्धित विकासलाई प्राथमिकता दिदैं गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेट बिहिबार सार्वजनिक गरेको हो ।

गाउँसभालाई संवोधन गर्दै गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले गाउँपालिकाको शिक्षाको गणस्तर गर्न हरेक विद्यालयमा विषयगत शिक्षक नियुक्त गर्ने, वालमैत्री पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य संस्थामा  प्रयाप्त औषधी उपलब्ध गराउने कार्यक्रम सार्वजनिक गरिएको छ ।