साठीवर्ष भन्दा माथीका जेष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य चेकजाँच

स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्र हो भन्ने भनाईलाई मध्ये नजर गर्दै स्वास्थ्यचौकीको आफ्नै पलानिङ्गमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूको स्वास्थ्य चेक जाँच गर्ने कार्य सुरू गरिएको छ ।

हुम्ला । स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्र हो भन्ने भनाईलाई मध्ये नजर गर्दै स्वास्थ्यचौकीको आफ्नै पलानिङ्गमा ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूको स्वास्थ्य चेक जाँच गर्ने कार्य सुरू गरिएको छ । स्वास्थ्य संस्थामा आउन नसक्ने ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरूका लागि अवदेखि घरमै पुगेर उनिहरूको स्वास्थ्य अवस्था बुझ्न र चेकजाँच गर्नका लागि हुम्लाको सदरमुकाम सिमकोट समेत रहेको गाउँपालिका–२ मा रहेको ठेहे स्वास्थ्यचौकीले यो अभियानको थालनी गरेको हो ।

यहाँका स्थानीय नागरिकहरू स्वास्थ्यमा समस्या आएपछि मात्रै स्वास्थ्यचौकी धाउने बानीले गर्दा अधिकांस स्थानीय नागकिरको स्वास्थ्य अवस्था विस्तारै जटिल बन्दै जाने गरेको छ । तर व्लड हाई र कम के कस्तो छ, त्यतातिर ध्यान जाँदैन । त्यसैले सो उम्मेरका जेष्ठ नागकिरहरूको रगत चेकजाँच गर्ने उदेश्यका साथ ठेहे स्वास्थ्यचौकीले यो कार्यको थालनी गर्न सुरू गरेको स्वास्थ्यचौकीका इन्चार्ज दान बहादुर बोहराले बताए ।

इन्चार्ज बोहराले साविकको ठेहे गाविस–१ देखि ६ वडासम्मका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न र सामान्य चेकजाँच गर्ने अभियान गरिनुका साथै स्वास्थ्यमा ठूलो समस्या आएका स्थानीय नागरिकलाई स्वास्थ्यचौकीसम्म पुर्याउने व्यवस्था गर्न आफ्नो टोलि लागि परेको जानकारी दिए ।

नितान्त स्वास्थ्यचौकीको सल्लाह अनुसार इन्चार्ज बाहराको संयोजकत्वमा गत मङगलबारबाट नसर्ने रोगहरूको स्क्रीन क्याम गरेर अभियान सन्चालन गरिएको छ । पहिलो दिन मात्रै ६६ जना मध्ये ३४ महिला र ३२ जना पुरुषको चेकजाँच गरिएको इन्चार्ज बोहराको भनाई छ । उक्त अभियान अवदेखि निरन्तर रुपमा सन्चालन हुने बताइएको छ ।