हुम्लामा पहिलो पटक अल्पकालिन महिला सेवा केन्द्र स्थापना

हुम्ला– हिसांपीडित महिला तथा बालाबालिकाको उद्धार तथा संरक्षणका लागि हुम्ला जिल्लामा पहिलो पटक अल्पकालिन महिला सेवा केन्द्र संञ्चालनमा ल्याएको छ ।

आज आइतबार १ गते अनौपचारिक रुपमा काम गदै आएको सेवा केन्द्रलाई आइतबार स्थापना गरिएको हो । युनिसेफ नेपालको आर्थिक सहयोग र सिमकोट गाउँपालिका आयोजनामा अल्पकालिन महिला सेवा केन्द्र स्थापना गरिएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जीले जानकारी दिएका छन ।

घरेलु हिसां परेका बालबालिकाहरु पुर्णः मिलन र कानुनी उपचार गर्न हिसाबले महिला सेवा केन्द्र स्थापना गरिएको प्रमुख दर्जीले बताए ।

युनिसेफ नेपालले बेड विस्तारा १ जना अनमी तत्कालिन प्रथामिक उपचारका लागि राखिएको युनिसेफ नेपालका बाल संरक्षण अधिकृत कुगासुन्डुप लामाले बताए ।
सदरमुकाम सिमकोट सबै स्थानीय तहबाट घटनाहरु आउने भएकोले सिमकोटमा स्थापना गरिएको लामाको छ । घरमा पुनःस्थापना गर्न समयमा २÷४ दिन बस्न खान व्यवस्था रहेको छ । युनिसेफ नेपालले १ वर्षको लागि सहयोग गर्न बाल संरक्षण अधिकृत लामाको भनाई छ ।