सुर्खेतका निजि बिद्यालय बन्द हुने !

सुर्खेत,२४ जेठ । सुर्खेतका बिद्यालयहरु बन्द हुने भएका छन ।

गर्मी बढ्न थालेपछि सुर्खेतका निजी विद्यालयहरूले एक साताका लागि बिदा दिने भएका हुन । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले सुर्खेतका निजी विद्यालयहरूलाई एक साताका लागि गर्मी बिदा दिन पत्रचर गरेको छ ।

सोहीअनुसार नै विद्यालयहरूले २४ जेठदेखि ३० जेठसम्मका लागि पठनपाठन रोकिने छ । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्य अवस्थामा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको बताउँदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने योजना बनाएको छ ।

सोमबार बसेको प्याब्सनको जिल्ला कार्यसमिति बैठकले सुर्खेतस्थित सम्पूर्ण निजी विद्यालयहरूमा गर्मी बिदा दिने निर्णय गरेको थियो ।