बालविवाह सम्बन्धि जनचेतना फैलाउन देउडा गीत (फाेटाे फिचर)

हुम्ला –११३ आ‌ैँ अन्तराष्ट्रिय महिला दिवसलाई लक्षित गरी हुम्लामा बाल विवाह न्युनिकरण गर्न देउडा गीतको आयोजना गरिएको छ।

बालविवाह न्युनिकरण गर्न महिलाहरू देउडा गीतबाटै जनचेतना फैलाउदै

नेपाल अष्ट्रिया साझेदारी  नामक एक गैहसरकारी संस्थाको आयोजना र सिमकोट गाउँपालिकाको समन्वयमम  बाल विवाह सम्बन्धि जनचेतना दिन देउडा गीतको आयोजना गरिएको हो ।

सिमकाेट गाउँपालिका-६ स्थित माथिल्लो गाउँका महिलाहरू

देउडा गीत मार्फत बाल विवाह न्युनिकरण तथा राेक्न गीतबाटै महिलाहरूले सवालजवाफ गरेकाे  नेपाल अष्ट्रिया संस्थाका संयोजक छेपाल दोर्जी लामाले जानकारी दिए ।

हरेक वर्ष मार्च ८ मा तारिकका दिनमा मनाउने गरिएको महिला दिवस गाउँका महिलाहरुलाई जागरुक बनाएर बाल विवाह कम गर्न लक्ष्य रहेको संयोजक लामाले बताए ।

बुधबार सिमकोट बजारमा र्याली सहित महिला दिवस मनाउने संयोजक लामाको  भनाई छ ।

गाउँघरमा हुने अधिकाश अपमान र हिंसा लुकाएर नबस्न सिमकोट गाउँपालिका –५ का वडाध्यक्ष नन्द रावतले बताए ।

समाजमा हुने बाल विवाह हिंसा लुकाउनुभन्दा महिलाहरु सक्रिय रहेर अघि बढ्न वडाध्यक्ष रावतले आग्रह गरे ।