कारागारमा पुस्तकालय स्थापनाका लागि किताब संकलन अभियान

हुम्ला– जिल्ला कारागारमा पुस्तकालय स्थापनका लागि हुम्लामा किताब संकलन अभियान सुरु भएको छ । कदै बन्दीहरुका लागि पुस्तकालय स्थापना गर्न आइतबारबाट संकलन अभियान सुरु भएको हो ।

जिल्ला प्रहरी प्रमुख नायब उपरिक्षक रविन श्रेष्ठको संयोजकत्वमा ११ सदस्यीय उप समिति गठन गरी किताब संकलन अभियान सुरु गरिएको छ । किताब उपलब्ध गराई स्थापना गर्ने अभियान सफद पार्न सबैलाई आग्रह गरेको छ ।

खाली समयमा पुस्तक पढने बानीको विकास गरी कैदी बन्दीहरुलाई असल बनाउने उदेशयले पुस्तकाल निर्माणको अवधारण ल्याएको हो । कारागारमा विभिन्न अपराधिक क्रियाकलापम संगलन व्यक्तिहरु छन कारागार मुक्त हुदा असल नागरिक बन्नु भन्ने लक्ष्यले यो अभियान सुरु भएको हो ।

कैदी बन्दीहरुलाई अध्यनशिल बनाउन कर्णाली प्रदेश प्रहरीको कार्यक्रम अन्तरगत हुम्लामा पनि कारागारमा पुस्त संकलन गरेर पुस्तकालय स्थापना गर्न लागिरहेको प्रहरी नायब उपरिक्षक रविन श्रेष्ठको छ ।

जिल्लामा रहेका कारागारमा अब एक कोठामा पुस्तकालय हुने प्रमुख प्रहरी नायब उपरिक्षक श्रेष्ठको रहेको छ । जिल्लामा रहेका पत्रकारले आफुसँग भएका किताब कारागारमा रहेका कैदीलाई निर्णय गरेका छन । जिल्लाका स्थानीय तह अन्य सरकारी तथा गैहसरकारी सघ व्यापारी तथा जिल्लाबासीहरुसँग सहकार्य गरिने छ । पुस्तकालय लागि जुनसुकै व्यक्तिले पनि सहयोग गर्न सक्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।