आगलागी नियन्त्रण सम्बन्धी सशस्त्र प्रहरिको डेमो प्रदर्शन !

हुम्ला,२५ माघ । सशस्त्र प्रहरी बल नेपाल ४४ नम्वर गुल्म हुम्लाले डेमो अभ्यास कार्यक्रम सन्चालन गरेको छ ।

पछिल्लो समय आगलागिका घटनाहरु हुन थालेपछि आगलागि नियन्त्रणका लागि मंगलबार सदरमुकाम सिमकोटको तल्लो बजारमा रहेको खेलकुद विकास समितको मैदानमा डेमो अभ्यास प्रदर्शनी गरेको हो ।
सहयाक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदिको अध्यक्षतामा सन्चालन भएको कार्यक्रमले जिल्लामा हुने कुनै पनि बाढी पहिरो, आगलागि लगायतका विभिन्न प्रकोपबाट क्षती हुनबाट पूर्व तायरीका लागि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्वर गुल्म हुम्लाले डेमो अभ्यास गरेको सशस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक शंकरसिंह धामीले बताउनु भयो ।


पाँच प्रकारका आगलागिहरू हुने गरेको र नियन्त्रणबारे सर्वसाधारणमा जनचेतना जगाउने उद्देश्यकासाथ उक्त अभ्यास गरिएको उपरिक्षक धामीले बताउनु भएको हो । दुईदिन अघि मात्रै हुम्लाको सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँमा आगलागिबाट दुई घर पुर्ण र दुई घर आंसिक रुपमा जलेर क्षेती भएको थियो ।
उक्त डेमो पर्दर्शनिमा  ग्यासको सिलिण्डर मार्फत हुने आगलागि, विधुत लगायतका विभिन्न प्रकोपले घरमा लाग्ने आगोलाई समेत नियन्त्रण लिने तरिका कार्यक्रम मार्फत प्रदर्शनि गरिएको थियो ।

आगलागिबाट घाइते भएका व्यक्तिहरूको उद्धार लगाएतका विभिन्न क्रियाकलाप देखाउनुका साथै उक्त प्रकोपबाट कसरी सजक रहने भन्दै डेमो प्रदर्शनि अभ्यास संन्चालन गरिएको थियो ।