ताजाँकोट गाउँपालिकाले विपन्न परिवारलाई राहत वितरण

हुम्ला–जिल्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँकोट गाँउपालिकाले विपन्न घरपरिवारलाई राहत वितरण गरेको छ ।  विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मुलुक लकडाउन हुँदा आपतमा परेका गरिब विपन्न र श्रमिक परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गरेको हो ।

गाउँपालिका भित्र रहेका ३ सय घरपरिवारका एक हजार आठ सय अठतिस जनालाई चामल,तेल,वितरण गरेको ताजाँकोटका अध्यक्ष बागदल मल्लले जानकारी दिएका छन् । सम्बन्धित वडाहरुबाट तथ्याङ्कक संकलन गरेर आइतबार ९१ क्वीन्टल ८० केजी चामल,तिन सय पाकेट तेल वितरण गरको अध्यक्ष मल्ले बताए ।

राहत सामाग्री पत्येक वडाहरुमा पुगेर वितरण गरिएको मल्लको भनाई छ । गाँउपालिका भित्रका विपन्न,गरिब,असहाय, र श्रमिक परिवारलाई वडाध्यक्षको प्रत्यक्ष निगरानीमा एक बोरा चामल, एक पाकेट तेल सहित राहत सामाग्री वितरण गरिएको छ ।

यसरी राहत सामग्री उपलब्ध गराउने जिल्लाका ७ वटै गाउँपालिका भन्दा ताजाँकोट गाउँपालिका पहिलो हो ।