हुम्लाको सदरमुकाम दुई सातादेखि विद्युतविहीन, चार दिनदेखि सञ्चारविहीन

जिल्ला सदरमुकाम सिमकोट आसपासका नागरिक दुई सातादेखि विद्युतविहीन र चार दिनदेखि सञ्चारविहस्न भएका छन् ।

२० भदौबाट हिल्दुम वितरण केन्द्रले नयाँ पेन स्टक पाईप बदली र नहर मर्मत गर्ने भन्दै विद्युत बन्द गरेपछि टेलिकमले जेनेरेटरबाट सेवा प्रवाह गर्दै आएको थियो ।

नेपाल टेलिकमले जेनेटर मेसिनबाट सञ्चालन गरेको टेलिफोन दिनमा एकछिनमात्र चल्ने गरेको थियो ।

४ दिनदेखि टेलिफोन इन्टरनेट नहुँदा जिल्ला सदरमुकाम सिमकोटका सेवाग्राही मर्कामा परेका छन् । नेपाल टेलिकम हुम्लाले गुणस्तरिय सेवा प्रवाह गर्न नसक्दा जिल्ला सदरमुकाम सिमकोटमा रहेका सरकारी तथा गैहसरकारी संस्थालाई समस्या परेको छ ।

नेपाल टेलिकम हुम्ला शाखका कर्मचारी खडके बिकका अनुसार १९ भदौदेखि सञ्चालन गरेको जेनेटर पनि १ असोजबाट बिग्रिएको छ ।

१३ दिनसम्म जेनेरेटर चलाउँदा एक लाख ३८ हजार बराबरको तेल खर्च भएको उनले बताए ।