हुम्लामा स्काभेटर दुर्घटना

हुम्ला,१९ माघ । हुम्लाकाे सर्केगाड गाउँपालिकामा स्काभेटर दुर्घटना भएकाे छ ।

वडा नम्बर ३ र ६ बिचमा पर्ने स्यालतडीमा कर्णाली नदीमा पल्टिएर दुर्घटना भएकाे हाे । कर्णाली करिडाेर सडक निर्माणकाे लागि कर्णाली नदी तार्ने क्रममा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

बा२ क ७७८० नम्बरको स्काभेटर बुधवार दुर्घटना लगत्तै सर्केगाड इलाका प्रहरीचाैकीबाट खटिएको टाेलीले चालकलाई सकुशल उद्वार गरेकाे जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर गिताप्रसाद चाैधरीले जानकारी दिए ।

मुगु जिल्ला रारा छायानाथ नगरपालिका, १४ का २३ वर्षिय स्काभेटर चालक धर्म बडुवाललाई प्रहरी र स्थानीय बासिन्दाले सकुशल उद्वार गरेकाे इन्सपेक्टर चाैधरीले बताए ।
नदीमै दुर्घटना भएको स्काभेटर सर्केगाड बजारदेखि कर्णाली करिडाेरकाे सडककाे काम गर्न स्यालतडी तर्फ गएकाे थियाे ।