मौलिकता झल्काउँदै हुम्लाको सिमकोटमा चैतलो पर्व (फोटो फिचर)

हुम्लाको सिमकोट गाउँपालिका–१,२,५,६ र ८वडामा हरेक वर्षको फागुन १२ गतेदेखि लाग्ने चैतलो पर्व शुरु भएको छ । यो पर्व परापूर्वकालदेखि मनाउँदै आएको स्थानीयवासी बताउँछन । परापूर्वकालमा फागुन १२ गतेकै दिन गौरा पर्वकोरुपमा यहाँ क्षेत्री जातीहरुले विशेषरुपले मनाएईहेका छन । परम्परागत पहिरनमा रङ्गीचङ्गी कपडामा सजिएकी सुन्दर महिलाले भगवना र देवताहरुको बारेमा भजन गित मार्फत गाउँने गरिन्छ ।

विशेष पर्वका रूपमा मनाइने चैतलो पर्व यहाँका महिलाले धुमधामका साथ मनाउने गर्दछन् । श्रीमानको मनोकांक्षा पूरा होस् भन्ने भाकल गर्दै उनीहरूले गाउँको सार्वजनिक स्थलमा गीत गाउँदै नाचेर यो पर्व मनाउँछन् ।

चैतलो वर्षलाई यहाँका महिलाले पहेँलो बस्त्रधारण गरेर गाउँको सभास्थल ‘चौपाडी वा भुओखाडो’ मा सामूहिक गीतनाचका रूपमा खेल्ने गरिन्छ । वसन्तलाई स्वागत गर्ने पर्वका रूपमा पनि यसलाई मनाउने गरिन्छ ।

गाउँगाउँ, टोलटोलबाट पहेँलो बस्त्रधारण गरेर विभिन्न प्रकारका गरगहना लगाई सामूहिक रूपमा खेल्ने गीतनाच नै ‘चैतलो’ हो । यो पर्वमा गाउँका सबैलाई पायक पर्ने ठाउँ जसलाई स्थानीय भाषामा ‘चौपाडी, सभाथाडो, भुओखाडो’ भनिन्छ, त्यस ठाउँमा जम्मा भएर ज्येष्ठताका आधारमा पंक्तिबद्ध भई ‘बाह्र भाइ नौ दुर्गा भवानी’ को प्रस्तुतिलगायत ऋतुको बारेमा गुणगान गाउने र गीतनाच खेल्ने गरिन्छ ।