कोरोना भाइरसको संक्रमण रोकथामका लागि नेकपाकाे कमाण्ड पोष्ट

राज शाही   हुम्ला  जिल्लामा कोरोना भाइरसको संक्रमण रोकथामका लागि कमाण्ड पोष्ट र तत्काल उद्धार गर्नका लागि क्वीक रेस्पोन्स टिम गठन गरेको छ ।  नेपाल कम्युनिष्ट पार्टीको कर्णाली प्रदेश कमिटीको निर्णय अनुसार जिल्ला क्वीक रेस्पोन्स टिम गठन गरिएको हो ।

उक्त पाटीले हुम्ला जिल्ला इन्र्चाज विजय भण्डारीको संयोजकत्वमा ७ सदस्यीय कमाण्ड पोष्ट र क्वीक रेस्पोन्स टाक्स फोर्स टिम गठन गरेको हो । टिममा नेकपा जिल्ला अध्यक्ष लालकेश जैशी, सचिव दल रावल, प्रदेश कमिटि सदस्य लोक बहादुर हमाल, कार्यालय सचिव कमल बोहरा, जिल्ला कमिटि सचिवालय सदस्य चन्द्रसिह कार्की सहितको क्वीक रेस्पोन्स टाक्स फोर्स टिम निर्माण गरिएको छ ।

क्वीक रेस्पोन्स टाक्स फोर्स टिमले खाद्यान्न आपूर्ति र औषधी व्यवस्थापनलाई कमि नहुन दिन संघ र प्रदेश सरकारसँग पहल गर्ने नेकपा हुम्ला जिल्लाका इन्र्चाज विजय भण्डारीले बताए ।  टिमका सदस्यहरु जो जता छन उतैबाट उद्धार तथा सहयोगका लागि जुट्ने इन्चार्ज भण्डारीले बताए ।

जिल्लामा रोजगारीका लागि भारत र अध्ययनको शिलशिलामा देशका विभिन्न शहरबाट नागरिकलाई कोभिड १९ संक्रमणबाट बच्न बचाउन, रोकथाम तथा नियन्त्रण गर्न यो टिम गठन गरिएको हो ।
जिल्लामा रहेका सबै गाउँपालिकामा महामारी रोकथाम ,नियन्त्रण तथा उपचारलाई विशेष प्रभावकारी बनाईने छ ।

हुम्ला जिल्लाबाट अध्ययन तथा रोजगारीको शिलशिला काठमाडौ, नेपालगञ्ज सुर्खेत जस्ता शहरमा रहेका हुम्लीबासीहरुलाई यस महामारी सचेत रहन र संकट परेका बेला हुम्ली बासीको अवस्था विश्लेषण गरी आवश्यक सहयोग गर्न टिम लाग्नेछ ।

काठमाडौबाट संयोजक पूर्व सभासद छिमिदोर्जी लामा, नेपालगञ्जबाट संयोजक रणसिह परियार र सुर्खेतमा संयोजकको कार्चेन लामालाई जिम्मेवारी तोकिएकोे नेकपा हुम्लाले जनाएको छ ।